एनआईसी एसिया बैंकको मिस्ड कल बैंकिङ सेवा



काठमाडौं, (नेस)
एनआईसी एसिया बैंकले साउन १ गतेदेखि मिस्ड कल बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यो सेवाको शुरुवातसँगै अब बैंकका ग्राहकले निम्न सेवा मिस्ड कल गरेर प्राप्त गर्न सक्नुहुनेछ ।

बैंकका अनुसार ब्यालेन्स जानकारीका लागि मोबाइल नम्बर ९८०१२२७७३३ मा मिस्ड कल गरी आफ्नो खातामा रहेको मौज्दातको जानकारी एसएमएस मार्फत प्राप्तगर्न सकिने, त्यस्तै मिनी स्टेटमेन्ट जानकारीका लागि मोबाइल नम्बर ९८०१२२७७४४ मा मिस्ड कल गरी खाताको अन्तिम ३ वटा कारोबारको जानकारी एसएमएसमार्फत प्राप्त गर्न सकिनेछ ।

कलब्याक सेवाः मोबाइल नम्बर ९८०१२२७७५५ मा मिस्ड कल गरी बैंकका सम्बन्धित कर्मचारीबाट कलब्याक मार्फत विभिन्न सुविधाको बारेमा जानकारी प्राप्त गर्न सकिने बैंकदे जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्