अनलाइन कारोबार शुरू, आस्बा कारोबार गर्न ५६ वित्तीय संस्था छनोट



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल स्टक एक्सचेन्ज नेप्सेले मंगलबारदेखि विद्युतीय कारोबार प्रणाली शुरू भएको छ । नेप्सेको विद्यमान कारोबार प्रणाली (कम्प्युटराइज्ड ट्रेडिङ सिस्टम, सीटीएस) र नयाँ प्रणाली नेप्से अनलाइन ट्रेडिङ सिस्टम, एनओटीएस) को परीक्षण समान्तर रूपमा सञ्चालनमा आएको नेप्सेले जनाएको छ ।

अनलाईन कारोबारका लागि लगानीकर्ताले केवाईसी अद्यावधिक गरी ब्रोकर कम्पनीहरुमार्फत् ‘युजर नेम’ र ‘पासवर्ड’ लिनुपर्नेछ । नेप्सेका अनुसार ‘फुल्ली अटोनमाइज्ड अनलाइन ट्रेडिङ सिस्टम’ औपचारिक कार्यान्वयनमा ल्याउनु अघि युजर एस्पटान्स टेस्ट (युटीए) गर्न तेस्रो पक्षलाई छनोट गरिएको छ

कम्पनीले सीटीएस तथा एनओटीएसको समान्तर रूपमा सञ्चालनकै क्रममा नेप्सेको बिड डकुमेन्टमा उल्लेख भएअनुसार टेक्निकल स्पेसिफिकेसन र सिस्टम रिक्वायरमेन्ट स्पेसिफिकेसन अनुसार प्रणाली विकास भए नभएको लगायतका विषयमा चेकजाँच गरी आईएसओ सर्टिफिकेट समेत प्रदान गर्ने बताइएको छ ।

कम्पनीबाट नेप्से अनलाइन ट्रेडिङ सिस्टम÷ट्रेड म्यानेजमेन्ट सिस्टम औपचारिक कारोबारका लागि योग्य छ भन्ने सिफारिस प्राप्त भएपछि नियमक निकायको स्वीकृति लिई नेप्सेले कम्प्युटराइज्ड ट्रेडिङ सिस्टमलाई प्रतिस्थापन गरी नेप्से अनलाइन ट्रेडिङ सिस्टम÷ट्रेड म्यानेजमेन्ट सिस्टमलाई पँर्ण कार्यान्वयनमा ल्याउने जनाएको छ ।

त्यसैगरी, नेपाल धितोपत्र बोर्डले आस्बा कारोबार गर्ने ५६ वटा वित्तीय संस्थाहरुको नाम सार्वजनिक गरेको छ । धितोपत्र खरिद (सार्वजनिक निस्काशन) सम्बन्धी निर्देशिका, २०७३ को दफा ६ मा धितोपत्र खरिद दरखास्त संकलन सम्बन्धी कार्य गर्न प्रदान गरिएको (आस्वा सदस्य) अनुमति एक आर्थिक वर्षको लागि बहाल रहने र त्यस्तो अनुमति प्रत्येक वर्ष नवीकरण गराउनुपर्ने व्यवस्था अनुरुप ती कम्पनीको नाम बोर्डले सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार उक्त आस्बा सदस्यले मात्रै आर्थिक वर्ष २०७५÷७६ को लागि उक्त अनुमति नवीकरण गरेको कारण ती संस्थाबाट मात्रै धितोपत्र खरिदको लागि दरखास्त दिन सकिने बोर्डले जनाएको छ ।

बोर्डले आस्बा कारोबारका लागि अनुमति नवीकरण गरेका बैंक तथा तथा वित्तीय संस्था हरुमा एनआईसी एसिया बैंक, युनाइटेड फाइनान्स, देवः विकास बैंक, गोर्खाज फाइनान्स, ग्लोबल आइएमई बैंक, पँर्णिमा विकास बैंक, प्राइम कमर्सियल बैंक, एक्सेल डेभलपमेन्ट बैंक, सिभिल बैंक, जेबिल्स फाइनान्स, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक, नेपाल क्रेडिट एन्ड कमर्स बैंक, हिमालयन बैंक,

ओम डेभलपमेन्ट बैंक, आइसीएफसी फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक रहेका छन् ।
त्यस्तै गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, सिटिजन्स बैंक इन्टरनेसनल, गरिमा विकास बैंक, कञ्चन डेभलपमेन्ट बैंक, जनता बैंक, नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंक, हाम्रो विकास बैंक, तिनाउ विकास बैंक, कन्काई विकास बैंक, कुमारी बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, सेञ्चुरी कमर्सियल बैंक, गुडविल फाइनान्स, सन्राइज बैंक, लक्ष्मी बैंक, कैलाश विकास बैंक, मञ्जुश्री फाइनान्स, सिद्धार्थ बैंक, ज्योति विकास बैंक, नेपाल बगंलादेश बैंक, एभरेष्ट बैंक, एनएमबि बैंक, स्ट्यान्डर्ड चाटर्ड बैंक नेपाल, मेगा बैंक नेपाल, सांग्रिला डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, सिन्धु विकास बैंक, कृषि विकास बैंक, सानिमा बैंक, नेपाल एसबिआई बैंक, सिर्जना फाइनान्स, सेन्ट्रल फाइनान्स, बैंक अफ काठमाण्डु, रिलायन्स फाइननान्स र गण्डकी विकास बैंक रहेका छन ।

प्रतिक्रिया दिनुहोस्