नापी र मालपोत कार्यालय सञ्चालमा



नेपाल समाचारपत्र, रौतहट
लामो समयदेखिको प्रतिक्षामा रहेको मालपोत र नापी कार्यालयको सेबा मङ्गलबार बाट चन्द्रनिगाहपुरमा संचालनमा आएको छ । ०७१ साल असोज ३० गते चन्द्रनिगाहपुरमा सेबा केन्द्र स्थापना गर्ने निर्णय भएपनि सदरमुकाम गौरमा भएको आन्दोलनले स्थगीत भएको थियो तर ०७५ जेष्ठ २० गते नेपाल सरकार बाट सेबाकेन्द्र स्थापना गर्ने निर्णय फुकुवा भएसंगै चन्द्रनिगाहपुरमा ती दुबै कार्यालय संचालनमा आएको हो ।

कार्यालयको उदघाटन रौतहट क्षेत्रनम्बर ३ का प्रतिनिधि सभा सदस्य प्रभु साहले गर्नु हुदै उहाले जनता लाई घरदैलोमा सेबा पुरयाउने उदेश्य अनुरुप चन्द्रनिगाहपुरमा मालपोत र नापी कार्यालयको स्थापना भएको बताउनु भयो । यस अघि ती दुबै कार्यालयको सेबाकेन्द्र रौतहटको मौलापुर र गरुडामा स्थापना भई संचालनमा आएको थियो ।

मालपोत कार्यालय चन्द्रनिगाहपुर बाट पहिलो सेबालिने गुजरा नगरपालिका–६ प्रतापपुर पल्टुवा निबासी तारादेबी चौधरी र सोही नगरपालिका–३ निबासी नन्देश्वर चौधरी र नापी कार्यालय चन्द्रनिगाहपुर बाट पहिलो सेबालिने चन्द्रपुर–९ डुमरियाका रामबालक यादब लाई प्रमुख अतिथिको हात बाट प्रमाणपत्र दिइएको थियो ।

रौतहटको चन्द्रनिगाहपुरमा मालपोत र नापी कार्यालय बाट चन्द्रपुर नगरपालिकाको चन्द्रनिगाहपुर, जुडिबेला, सन्तपुर, डुमरिया, यस्तै बृन्दाबन नगरपालिकाको रमौली, बिश्रामपुर, सखुअवाधमौरा, यसै गरी गुजरा नगरपालिकाको रङ्गपुर, कनकपुर, प्रतापपुर पल्टुवा, र फतुवाबिजयपुर नगरपालिकाको लक्ष्मिनिया, फतुवा हर्षाहा र कटहरिया नगरपालिकाको भसेडवा र हथियाईको कार्यसम्पादन रहने छ ।

प्रतिक्रिया दिनुहोस्