केसीको मागप्रति संघको ऐक्यवद्धता



काठमाडौं, (नेस)
चिकित्सा शिक्षा क्षेत्रमा सुधार लगायतका माग राखेर जुम्लामा अनशनरत डा.गोविन्द केसीको मागप्रति त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले ऐक्यवद्दता जनाएको छ ।

१५औ पटक आमरण अनसन बस्नु भएका डा केसीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर हुँदा पनि समस्या समाधानमा सरकारले पहल नगरेकोमा संघले दुःख व्यक्त गर्दै ऐक्यवद्धता जनाएको हो । केसी र सरकार वीच विगतमा भएका सम्झौता इमान्दारपूर्वक कार्यान्वय गर्न सरकारले ध्यानाकर्षण गराएको छ ।

संघका अध्यक्ष योगेन्द्रनारायण वडवडियाद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ–‘सरकार परिवतर्नसंगै विगतका हरेक कुरा वेठिक भन्ने मानसिकता त्याग्नु पर्छ ।’
संविधान प्रदत्त हरेक व्यक्तिलाई सम्मानपूर्वक वाँच्न पाउने अधिकारलाई राज्यले सम्मान गर्दै केसीको जीवन रक्षाका लागि सरकारले अविलम्व पहल गरी वार्ताका माध्यमबाट समस्या समाधान गर्न संघले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्