कृतिम बादल



हिजो–आज मध्य वर्षायामको समय, कुन बेला पानी पर्छ टुङ्गै हुँदैन । घरबाट हिड्दा आकाश खुला देखिन्छ, आपसासको सडकमा धुलो बुङ्बुङी उड्या हुन्छ ५÷७ किलोमिटर अघि बढेपछि पानी बर्सिन शुरु गरिहाल्छ ।

मुलुकको राजनीति ठ्याक्कै यस्तै छ, कुन बेला के हुन्छ अनुमान गर्न नसकिने । सत्ता राजनीतिसँग जोडिएका बादल नामका व्यक्ति बेला मौकामा निकै चर्चामा आउँछन्, निकै मडारिन्छन् । नाम अनुसार पहिचान स्थापित गर्न राजनीतिक बजारमा गज्जबकै पानी बर्साउछन् कि संकेत पनि दिन्छन् । तर हैन, रैछ । ‘बादल मडारिएको छ, अब पक्कै पानी पर्छ’ भनेर ग्यारेन्टी गर्नेहरु पुरै फ्लप हुन थाल्या छन्, पानी पर्र्दै पर्दैन ।

बादल नाम मात्रैका बादल भएका छन् । वर्षौदेखिको यातायात सिन्डीकेट तोडियो भन्या त सिन्डीकेट फेरी ब्यूँतिएको छ, अनि सुन काण्ड पुरै सुस्ताएको छ । बादललाई ओली र अन्य धेरैथरी आँधी र हुन्डरीले धकेल्या देख्दा धरहरा निकै छक्क पर्न थाल्या छ । यस्तै ताल हो भने त बादल फाट्या फाट्यै गर्ने, अनि खडेरीले जित्ने संभावना पो बढ्यो त ।

प्रतिक्रिया दिनुहोस्