कलेजो बचाउन मोटोपन घटाऔं



स्वास्थ्य महत्वपूर्ण धन हो । कलेजो संरक्षण गर्न हामीले स्वस्थ खानेकुरादेखि सबै स्वस्थ्यप्रद कुरामा ख्याल गर्न जरुरी छ । हाम्रो कलेजोमा जब बोसो जम्मा भएर जान्छ त्यो स्थितिलाई फ्याटी कलेजो (लिवर) भनिन्छ । यसलाई यसरी बुझ्न सकिन्छ कि जसरी मोटोपन हुनाले हाम्रो शरीरको बाँकी भागमा बोसो बढ्छ, ठीक त्यसैगरी हाम्रो कलेजोमा पनि बोसो जम्मा हुन शुरु गर्दछ ।

कलेजोद्वारा शरीरमा ब्लड सुगर, विषाक्त तत्व र कोलेस्ट्रोलको स्तर नियमित हुन्छ । कलेजोले नै बोसोलाई पगालेर वाइलको स्राव गर्दछ तर धेरै बोसो थिग्रनुको कारणले फ्याटी लिवरको समस्या हुन्छ । देशको ३० प्रतिशत जनसंख्या यस समस्याले पीडित हुँदै छ ।

कलेजोमा एकीकृत भएको बोसोले सामान्य सेल्सहरुलाई नष्ट गर्न शुरु गर्दछ, सामान्य सेल्सहरु बिस्तारै नष्ट हुँदै जान्छन् । यो स्थिति पछि गएर हेपाटाइटिस, सिरोसिस, फाइब्रोसिस वा क्यान्सरमा परिणत हुन्छ । बिरामीको मुख्य समस्या मोटोपन हो । डायबिटिज वा थाइराइड हुनेलाई पनि कलेजोमा बोसो (फ्याटी लिवर) हुन सक्छ । त्यसैले नियमित व्यायाममा लागौं । स्वस्थ होऔं ।
– शान्ति न्यौपाने (ग्रामीण महिला), खोटाङ

प्रतिक्रिया दिनुहोस्