काँचुली फेर्दै सशस्त्र प्रहरी संगठन



भीमबहादुर पन्थ
समय, काल, परिस्थिति तथा आवश्यकताले सुरक्षा अंगहरुको स्थापना हुने गर्दछन् । नेपालको इतिहास हेर्ने हो भने, २००७ सालभन्दा अगाडि शाही नेपाली सेना (हालको नेपाली सेना) को मात्रै वर्चश्व थियो । २००७ सालको जनआन्दोलन जसले १०४ बर्से राणाशासनकालको अन्त्य भई प्रजातन्त्रको स्थापनापश्चात् पनि नेपाल प्रहरीको आईजीपी सेनाकै जनरलहरुमध्येबाट नियुक्त हुने प्रचलन थियो । प्रहरीको कामसमेत रामदलको नामबाट सेनाबाटै हुँदै आएकोमा २०१२ सालमा नेपाल प्रहरीको आधिकारिक जन्म भएको देखिन्छ ।

 

नेपाल प्रहरीको स्थापनापश्चात् आन्तरिक शान्ति सुरक्षाको महत्वपूर्ण जिम्मेवारी नेपाल प्रहरीबाटै हुँदै आएको थियो । यसै क्रममा २०५२ सालपछि नेपालले १० बर्र्सेे द्वन्द्वकालको नमिठो परिघटना व्यहोर्नुप¥यो ।

देशमा भएका विभिन्न आन्दोलनका कारण राजनीतिक परिवर्तन हुँदै गए । नागरिक प्रहरीको रुपमा आपूmलाई रुपान्तरित गर्दै गएको नेपाल प्रहरीको तत्कालीन जनशक्ति आक्रामक शैलीमा प्रस्तुत विद्रोही आक्रमणकारीको सामना गर्न मानसिक, भौतिकरुपमा तयार हुन कठिन थियो । गाउँ–बस्तीमा निकट रहेर नागरिकको घरदैलोमा सेवा दिने उद्देश्यले स्थानीयवासीको अनुरोधमा धेरैजसो ठाउँमा त स्थानीयहरुको सहयोगमा उपलब्ध गराइएका सानो क्षेत्रफलको जग्गामा सानो युनिट खडा गरी रहेको थियो प्रहरी ।

स्थानीयवासीको आर्थिक सहयोगमा निर्मित सामान्य कार्यालय भवनमा बसी जनभावनाअनुरुप कार्य गर्दै आएको नेपाल प्रहरीको युनिटमा आक्रमण गरेर आपूmलाई विजयी साबित गरी प्रहरीको मनोबल गिराउने काम भयो । तत्कालीन सरकारले आफ्नो दाहिने हातलाई दिइनुपर्ने संरक्षणतर्फ खासै प्रोत्साहन, हौसला अभिवृद्धि गर्ने दिशामा त्यति ध्यान पु¥याएको देखिँदैन ।

‘खाए खा नखाए घिच’ भनेझैँ समाउने हाँगो र टेक्ने खुड्किलो नभएका संगठन नै जीवन गुजारा गर्ने एकमात्र माध्यम भएका विशुद्ध पेसाकर्मी प्रहरीहरुलाई जबरजस्ती युद्धको भूमरीमा धकेल्ने काम भयो । यसले नेपाल प्रहरीका सदस्यहरुको मनोबल गिर्न गयो । देश तथा जनताको सुरक्षाको लागि ज्यानको बाजी राखेर भए पनि कर्तव्यको बलिवेदीमा होमिनुपर्ने प्रहरीमा आत्मरक्षा नै ठूलो सफलता ठान्ने प्रवृत्ति हाबी हुन पुग्यो ।

आतंक प्रभावित क्षेत्रमा बस्नै पर्ने अवधि कार्यालयबाट अल आउट भएर किन नहोस् पूरा गर्ने मानसिकता तयार भयो । यसबाट दुश्मनसँग भिड्ने मानसिकतामा कमी आउँदै गयो, दुश्मनलाई बर्बाद गर्ने एकमात्र लक्ष्य हुनुपर्ने थियो, नेपाल प्रहरीको मनोबल गिर्दै गएको कारण एकादुई ठाउँमा पराजय भोग्नुप¥यो ।

यसरी दिनानुदिन नेपाल प्रहरीका युनिट नै ध्वस्त हुनेसम्मका अत्यन्त बीभत्स घटना हुनु र तत्कालीन अवस्थामा राजसंस्थाको स्वीकृतिविना सेना परिचालन हुन नसक्ने बाध्यत्मक अवस्थाले अर्को अर्धसैनिक प्रकृतिको सुरक्षा निकायको आवश्यकता महसुस तत्कालीन सरकारले ग¥यो । यसैको फलस्वरुप नेपालकै पहिलो अर्धसैनिक बलको गठन हुन पुग्यो ।

जसमा नेपाली सेना तथा नेपाल प्रहरीबाट इच्छुक जनशक्तिलाई स्थानान्तरण गरेर संगठन स्थापना गर्ने नीतिअनुरुप २०५७ मा सशस्त्र प्रहरी बल स्थापना भयो । स्थापनाको शुरुवातसँगै सशस्त्र प्रहरी बलले तत्कालीन द्वन्द्वकालीन अवस्थाको सफलतापूर्वक सामना गरेको थियो ।

तत्कालीन जटिल परिस्थितिमा पनि कत्ति पनि विचलित नभई परिस्थिति अनुकूलको दक्ष जनशक्ति उत्पादन गर्दै जस्तोसुकै गम्भीर परिस्थितिमा पनि दृढताका साथ कर्तव्यपथमा रत्तिभर विचलित नभई जुटिरहने निष्ठावान् जनशक्ति उत्पादन गरी संगठनलाई सुदृढ, मजबुत तुल्याउन तत्कालीन नेतृत्व तहको सुझ्बुझपूर्ण कार्यशैली स्पष्ट देखिन्छ ।

०६२÷६३ को दोस्रो जनआन्दोलनपछि त्यस्ता जटिल परिस्थितिमा स्थापना भएको सुरक्षा निकाय भए पनि छुट्टै म्यानडेट (कार्यक्षेत्र) लिएर गठन भएको संगठनलाई तत्कालीन सरकारसामु आवश्यकता पुष्टि गर्नुपर्ने अवस्था नआएको होइन ।

त्यति बेलाका संगठन प्रमुखहरुले ठूलै कूटनीतिक लबिङ गरी संगठनको आवश्यकता पुष्टि गर्दै आवश्यकता र राज्यको क्षमताअनुसार जनशक्ति थप गर्दै नयाँ–नयाँ जिम्मेवारी (छुट्टै सीमा सुरक्षा विभागको स्थापना, सीमा प्रहरी कार्यालय, औद्योगिक सुरक्षा गण तथा गुल्म, जिल्ला सुरक्षा गुल्म र बी.ओ.पी.(बोर्डर आउट पोस्ट) स्थापना, राजस्व भन्सार गस्ती) निर्वाह गर्ने अख्तियारी लिन सफल पूर्व संगठन प्रमुख तथा उच्चपदस्थ अधिकृतज्यूहरु धन्यवादका पात्र छन् ।

सशस्त्र प्रहरी बल राज्यका ७७ वटै जिल्लामा विस्तार गर्ने नीतिगत निर्णय भएको समाचार सुन्दा गौरवको अनुभूति भएको छ । यसै गरी सीमा सुरक्षा कार्यालयहरुलाई सशस्त्र प्रहरी गणमा रुपान्तरण गर्दै जाने नीति अत्यन्त सान्दर्भिक छ । हेर्दै जाऊँ अझै संगठनले क्रमिकरुपमा आफूलाई परिमार्जित, परिस्कृत गर्दै जानेछ । क्रमशः यसले काँचुली फेर्दै जाने निश्चित छ ।

सशस्त्र प्रहरी बलका संस्थापक संगठन प्रमुख कृष्णमोहन श्रेष्ठको अकल्पनीय देहावसानले संगठनको विकासक्रम जुन गतिमा अघि बड्दै थियो केही समयका लागि अबरुद्ध भयो । पीडालाई शक्तिमा बदल्नुपर्छ भन्ने मान्यताका धनी दोस्रा संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक (स्व. सहवीर थापा) ले भौतिक स्रोत–साधन व्यवस्थापनमा एकाग्र भई जुट्दाजुट्दै दोस्रो जनआन्दोलनको शुभारम्भ भयो ।

जनआन्दोलन अर्कै मोडमा पुग्यो, अढाइ सय वर्षअघिदेखि शासन सञ्चालन गर्दै आएको शाही शासनकाल समाप्त भई प्रजातन्त्रको पुनर्वहाली हुन पुग्यो । सुरक्षा निकायहरुमा पकड जमाउने उद्देश्यले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलमा बहालवाला महानिरीक्षकहरुलाई हटाई आपूm अनुकूलका प्रहरी महानिरीक्षकको खोजीमा तत्कालीन सरकार लागेको देखिन्छ ।

यसैको परिणामस्वरुप तत्कालीन दुवै संगठनका दोस्रा वरीयताका उच्चपदस्थ अधिकृतहरुलाई प्रहरी महानिरीक्षक हुनबाट वञ्चित गरियो । यही क्रममा सशस्त्र प्रहरी बलका दोस्रा संगठन प्रमुखले पनि व्यवस्था नै परिवर्तन भएकाले आफ्नो पूर्णकार्यकाल सहजरुपमा पूरा गर्न पाउनुभएन र बीचैमा अपदस्थ गराइयो । त्यसपछि पनि लहडी शैलीमा पजनी गर्ने गलत मनसायले स्थापनाकालदेखि नभएको ३० बर्से सेवाअवधि लागू भयो ।

यसका कारण कसैले पनि पदावधिसम्म संगठनको नेतृत्व लिन पाउनुभएन, छोटो–छोटो अवधिमा नै अवकाशको समय आउने भएकाले दीर्घकालीन सोच र भिजनका साथ काम नै अघि बढेन । नेपाल प्रहरीमा जस्तो जंगबहादुर शैलीमा संगठन प्रमुखको नियुक्ति हुने प्रवृत्ति सशस्त्र प्रहरी बलमा आजको दिनसम्म नभएको र ज्येष्ठताले नै प्रमुखता पाउँदै आएको छ, यस मानेमा संगठन भाग्यमानी भन्नुपर्छ ।

अब भने संगठनले भिजन भएका ३० बर्से सेवा अवधिले पनि कुनै प्रभाव नपर्ने र अत्यन्त सुझबुझका साथ संगठनको नेतृत्व गर्न सक्ने क्षमतावान् संगठन प्रमुख सशस्त्र प्रहरी बलले पाएको छ । यस मानेमा पूर्वसशस्त्र प्रहरी कर्मचारीको नाताले नेपाल सरकारलाई धन्यवाद दिनु सान्दर्भिक ठान्दछु । संगठनलाई सशक्तरुपमा अगाडि लैजाने दृढताका साथ आफ्ना सहयात्रीहरुलाई सँगै लिई मैदानमा उत्रिने प्रयास भएको महसुस गरिँदै आएको छ ।

विगतमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच रहेको तिक्ततापूर्ण सम्बन्धले आन्तरिक सुरक्षाका जिम्मेवार पक्षको व्यवहार अत्यन्त लज्जास्पद देखिँदै आएकोमा पछिल्ला दुई–तीन वर्षदेखि सुधार हुँदै आएको थियो । अझ पनि एक जंगलमा दुई सिंह रहेजस्तो टकरावपूर्ण सम्बन्ध होइन कि सौहार्दपूर्ण सम्बन्ध विकास गर्दै एक बाबुका दुई भाइ जसरी सम्बन्धलाई सुमधुर तुल्याउँदै लगिनेमा दुईमत छैन ।

संगठनलाई सक्रिय तुल्याउन सर्वप्रथम त संगठनको सुदृढीकरण, कर्मचारी व्यवस्थापन नै हो । संगठनमा आबद्ध आप्mना सदस्यहरुको मनोबल उच्च राख्ने प्रयासस्वरुप लामो समयदेखि रोकिएको तल्लो तहका कर्मचारीहरुको सरुवा–बढुवाले गति लिएको छ । सशस्त्र प्रहरी बल राज्यका ७७ वटै जिल्लामा विस्तार गर्ने नीतिगत निर्णय भएको समाचार सुन्दा गौरवको अनुभूति भएको छ । यसै गरी सीमा सुरक्षा कार्यालयहरुलाई सशस्त्र प्रहरी गणमा रुपान्तरण गर्दै जाने नीति अत्यन्त सान्दर्भिक छ । हेर्दै जाऊँ अझै संगठनले क्रमिकरुपमा आफूलाई परिमार्जित, परिस्कृत गर्दै जानेछ । क्रमशः यसले काँचुली फेर्दै जाने निश्चित छ ।

अन्त्यमा, संगठनले उत्तरोत्तर प्रगति गर्दै जाओस् । पूर्वजहरुले पनि संगठनप्रति गर्व गर्ने अवसर मिलोस् भन्ने शुभेच्छाका साथ संगठनप्रति वर्तमान सरकारको सकारात्मक सोचाइ सदा रहोस् भन्ने कामना गर्दै संगठनले विपद व्यवस्थापन, दैवी प्रकोप उद्धारजस्ता विगतका उल्लेखनीय क्रियाकलापका अतिरिक्त नयाँ–नयाँ स्मरणयोग्य क्रियाकलापमा आपूmलाई सहभागी गराउँदै संगठनको औचित्यता, आवश्यकता तथा अनिवार्यता महसुस गराई बहालवाला तथा अवकाशप्राप्त सदस्यहरुले गौरवको अनुभूति गर्ने अवसर मिलोस् । यही शुभकामना !

(लेखक पन्थ अवकाशप्राप्त सशस्त्र प्रहरी उपरीक्षक हुनुहुन्छ ।)

 

 

 

 

प्रतिक्रिया दिनुहोस्