नयाँ शक्ति पार्टीद्वारा ओलीको राजीनामा माग



काठमाडौं, (नेस)
नयाँ शक्ति पार्टी, नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । सरकारले संविधान विपरीत, जनविरोधी गतिविधि गरेपछि आफूहरु सडक संघर्षमा उत्रन बाध्य हुनु परेको नयाँ शक्ति नेपालले बताएको छ ।

सरकारले महँगी नियन्त्रण गर्न नसकेको, नागरिक अधिकार हनन हुने गरी काठमाडौंको विभिन्न स्थानमा निषेधित क्षेत्र तोक्ने काम गरेको, मेडिकल माफियाहरुलाई प्रश्रय दिने प्रयास गरेको भन्दै नयाँ शक्तिले नेपालले मंगलवार प्रदर्शन गरेको हो ।

नयाँ शक्ति पार्टी नेपालले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग तत्काल सम्बोधन गर्न पनि सरकारसँग माग गर्दै आएको छ । नयाँ शक्ति नेपालका नेता गंगा श्रेष्ठले सरकारलाई एक्काइसौं शताब्दीका नागरिकको अधिकार हनन हुने कुनै पनि गतिविधि नगर्न पनि चेतावनी दिनुभयो । उहाँले गोविन्द केसीको जीवन रक्षाको माग गर्दै केसीले उठाएको मागको सम्बोधन गर्न पनि सरकारसँग माग गर्नुभयो ।

 

सरकारले केसीको माग सम्बोधन गर्न खेलवाड गरिरहेको बताउँदै श्रेष्ठले भन्नुभयो– ‘केसीको ज्यान तलमाथि भयो भने तीन करोड नेपाली जनताले सिंहदरवार घेर्न तयार हुनेछन ।’

प्रतिक्रिया दिनुहोस्