ग्रामीण क्षेत्रमा बैंकिङ सेवा खै ?



पश्चिम नवलपरासीको नेपाल–भारत सीमाक्षेत्रका बासिन्दा बैंकिङ सेवाबाट वञ्चित रहेका छन् । बैंकका शाखा ग्रामीण क्षेत्रमा स्थापना हुन नसक्दा सर्वसाधारण बैंकिङ सेवाको पहुँचबाट टाढा रहेका हुन् । सीमावर्ती क्षेत्रसहित ग्रामीण भेगमा ‘घ’ वर्गका लघु वित्तीय संस्थाबाहेक अन्य बैंक स्थापना हुन सकेका छैनन् । उनीहरु बैंकिङ कारोबारका लागि सदरमुकाम परासी तथा राजमार्ग आसपासका क्षेत्रमा आउने गरेका छन् ।

सुरक्षाको कारण देखाएर सरकारी तथा निजी क्षेत्रका बैंकले आफ्नो शाखा ग्रामीण तथा दुर्गम भेगमा स्थापना गरेका छैनन् । द्वन्द्वकालीन समयमा शान्ति सुरक्षाका कारण विस्थापित भएका बैंक अझै पुनःस्थापना हुन सकेका छैनन् । यस विषयमा जनप्रतिनिधिको ध्यान जाओस् ।
– अर्जुन थापा, गैडाकोट, नवलपरासी

प्रतिक्रिया दिनुहोस्