जलवायु अनुकूलता बचाइराख्नुपर्नेमा जोड



विराटनगर ।
प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले कृषि उत्पादनमा जलवायुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले यसको अनुकूलता बचाइराख्नुपर्ने बताउनुभएको छ ।

नेपाल जैविक समाजद्वारा आज यहाँ आयोजित ‘समृद्धिको यात्रामा दिगो विकासका लागि शिक्षा, अनुसन्धान र नविनतम प्रविधिको महत्व’ विषयक एक दिने कार्यशाला गोष्ठीमा उहाँले भन्नुभयो, “जलवायु परिवर्तनले कहिले खडेरी, कहिले सुख्खा जस्ता समस्या भोग्नुपर्ने भएकोले जलवायु परिवर्तन अनुकूल रहनदिनका लागि वातावरण संरक्षणमा विशेष ध्यान दिनुपर्छ ।”

जैविक समाजका अध्यक्ष डा शशीनाथ झाको अध्यक्षतामा भएको सो कार्यकक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा घनश्यामलाल दास, विभिन्न क्याम्पसका प्राध्यापक र सञ्चारकर्मीको सहभागिता थियो ।

कार्यक्रममा विशेषज्ञ कस्तुभराज न्यौपाने, कमल देवकोटा, डा मनिराज वञ्जाडे लगायतले जलवायु परिवर्तन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्