साउन ११ देखि देशभर चि मुसि चि



विजय नेपाली, पोखरा ।
यही साउन ११ गते शुक्रबार देखि देशभर प्रर्दशनमा आउन लागेको नेपाली चलचित्र चि मुसि चि को टिम यतिबेला प्रचारमा जुटेको छ ।

फिल्मको प्रचारका लागि आएको टोलिले पुर्ण रुपमा सामाजिक घटनाक्रम तथा संगीत तथा नित्यलाई समेटी फिल्म निर्माण गरेको दावी छ ।
फिल्म टोलि नेपालको मुख्य मुख्य सहरमा पुगेर प्रचार प्रसार गर्दै यतिबेला पोखरा आइपुगेको हो ।

फिल्मको बारेमा जान्कारी दिदै निर्माता पदम गुरुङले चलचित्रको नाम हास्य किसिमको रहेपनी चलचित्र भने संगीत नाट्यमा आधारित रहेको बताए ।  हाम्रो फिल्मको नाम सुन्दा कमेडी फिल्म जस्तो लाग्छ तर फिल्म भने पुर्ण म्युजिकल ड्रामा रहेको छ, यसमा कलाकारहरुको छुट्टै भुमिका छू उनले बताए । उनले चलचित्र पारिवार संग समेत बसेर हेर्न मिल्ने किसिमको रहेकाले दर्शक माझ पुगेर नै फिल्म प्रचार प्रसार गरेको बताए । सास्कृतिक कार्यक्रमको दौडाहाकोक्रममा दर्शकहरुको साथ र सहयोग निकै पाएकोले चलचित्र सफल हुने उनको विश्वास रहेको छ । चलचित्रमा नयाँ कलाकारलाइ स्थान दिइएको छ ।

 

पछिल्लो समयमा आएर नेपाली चलचित्रमा नयाँ कलाकारहरु बढी उदाएका छन जसले नेपाली चलचित्रलाइ सफल समेत बनाउने गरेका छन । चलचित्र चि मुसि चिमा पनि नयाँ नायक, नायिका तथा कलाकारहरु रहेका छन । गुरुङले निर्माण गरेको चलचित्रको कथा लेखन दिनेश शर्मा, कार्यकारी निर्माता शिवराज, नायक सुनिल क्षेत्री,नायिका अलिसा शर्मा र कलाकार सुसान कार्की, नेपाल आइडलकि सुजता पाण्डे लगायत रहेका छन ।

पोखरामा मंगलवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नायिका अलिसा शर्माले विभिन्न म्युजिक भिडियोमा नित्य गर्दै आइरहदा चलचित्रमा पहिलो पटक मुख्य भुमिकामा खेलेको बताइन । सोही क्रममा बोल्दै नायक सुनिल क्षेत्रीले आफुले मुम्बईमा विभिन्न चलचित्रमा साइड डान्सरको रुपमा काम गर्दै आइरहेको बताउदै फिल्ममा नायकको भुमिका दिएकोमा फिल्म टोलिलाई धन्यवाद दिएका थिए ।

चलचित्रको प्रचार प्रसारको लागि उक्त टोलि नेपालका मुख्य मुख्य सहरहरुमा पुगि लाइभ कन्सर्ट समेत गरेको छ ।म्युजिकली ड्रामा निर्माण फिल्म टोलिले देश दौडाहाको रुपमा नेपाली फिल्म जगतमै पहिलो पटक भैरहवामा गएर प्रचार प्रसार समेत गरेको छ भने विर्तामोड, धरान, सर्लाही, हेटौंडा, नारायणगढ, वुटवलमा लाइभ कन्सर्ट गर्दै मंगलवार पोखराको छोरेपाटन र सभागृह चोकमा समेत कन्सर्ट गरेको छ भने बुधबार ९ आज० दमौलीमा कन्सर्ट गर्दै काठमाडौको विभिन्न स्थानमा समेत कन्सर्ट गर्ने निर्माता पदम गुरुङले बताए । करिव ८५ लाख रुपैयाँमा निर्माण गरिएको चलचित्रको छायांकन पोखरा, मौजा, काठमाडौ र वैङ्ककमा भएको छ ।

प्रतिक्रिया दिनुहोस्