ने.वि. संघका विद्यार्थिमाथि प्रहरीको लाठीचार्ज



   नेपाल समाचारपत्र, काठमाण्डौ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएको नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघमाथि प्रहरीले लाठीचार्ज गरेको छ ।
बढ्दो महंगी नियन्त्रण, निषेधित क्षेत्रको विरोध तथा डाक्टर गोविन्द केसीका माग पूरा गर्न भन्दै नेविसंघले सरकारविरुद्ध मंगलबार दिउँसो सडक प्रदर्शन गरेको थियो ।

यस्तै बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले पनि माइतीघरमै विरोध प्रदर्शन गरेको छ ।

सो क्रममा नयाँ शक्ति पार्टी, नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा समेत माग गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्