तीन बलात्कारी अभियुक्त पक्राउ



रौतहट ।
बालिका अपहरणपछि बलात्कार गरेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गरुडाले आज पत्रकार सम्मेलन गरी तीनैजना अभियुक्तलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा गुजरा नगरपालिका–७ का ३६ वर्षीय बलिष्टर चौधरी, २४ वर्षीय धर्मेन्द्रकुमार चौधरी र १९ वर्षीय जियालाल महतो रहेको प्रहरी निरीक्षक चतुर्भुज ओझाले जानकारी दिनुुभयो । धर्मेन्द्र र जियालाललाई गरुडाबाट तथा बलिष्टरलाई कलैयाबाट पक्राउ गरिएको हो ।
रासस

प्रतिक्रिया दिनुहोस्