आठ अंकले घट्यो शेयर बजार



काठमाडौँ ।
आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज आठ अंकले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जकाअनुसार शेयर बजार मापक नेप्से परिसूचक ८।०५ अंकले घटेर एक हजार २०४ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक १।५८ विन्दुले घटेर २५३।६२ विन्दुमा आइपुगेको छ ।

कूल १५२ कम्पनीको पाँच लाख १४ हजार १६१ कित्ता शेयर रु २० करोड ६० लाख ८८ हजार १३१ मूल्यमा खरिद बिक्री भएको छ ।

स्टककाअनुसार आज तीन उपसमूहको शेयर बढेको छ,भने आठ उपसमूहको शेयर घटेको छ । व्यापार २।७९, वित्त ३।७३ र अन्य समूह ४।९५ विन्दुले बढेको छ ।

यस्तै बैंकिङ ४।७७, होटल ५३।११, विकास बैंक ८।१, जलविद्युत् ३९।२५, निर्जीवन बीमा ८७।६७, उत्पादन ३५।६६, माइक्रोफाइनान्स १३।३२ र बीमा समूह ७४।११ बिन्दुले घटेको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्