६० लाख राजश्व उठाउने लक्ष्य



हिक्मत नेपाली, दैलेख ।
जिल्लाको चामुण्डाविन्द्रासैनी नगरपालिकाले आर्थीक बर्ष २०७५÷०७६ मा ६० लाख राजश्व उठाउने लक्ष्य राखेको जनाएको छ । जम्बुकाँधमा सम्पन्न तेस्रो नगरसभाले आर्थिक वर्ष २०७५÷०७६ बजेट पारित गर्दै यस बर्ष ६० लाख राजश्व उठाउन लक्ष राखेको जनाएको छ । नगरपालिकाले आर्थीक बर्ष २०७५÷०७६ मा शैक्षिक गुणस्तर सुधारका लागि सबैभन्दा बढी रहक विनियोजन गरेको छ । नगर प्रमुख सुर्यबहादुर शाहीका अनुसार शिक्षाको गुणस्तर सुधार गर्नका लागि सबै भन्दा बढी बजेट शिक्षामा विनियोजित गरिएको हो । ‘विकास लागि जनचेतनालाई माथि उठाउनु पर्छ, जबसम्म जनचेतनाको माथि उठ्दैन तबसम्म विकास हुँदैन, विकासका लागि सकरात्मक सोचका आवश्यकता पर्छ, उनले भने ।’
शिक्षाले जनचेतना फैलाउने र सकरात्मक सोच बनाउनेमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने भएकाले शिक्षा क्षेत्रलाई प्रथामिकता साथ बजेट विनियोजित गरिएको नगरप्रमुख शाहीको भनाई छ ।
नगरपालिकाले यस आर्थिक वर्षमा शिक्षा तर्फ २ करोड २४ लाख ४२ हजार बजेट विनियोजित गरिएको छ । यसैगरी सडक तथा झोलुङ्गे पुल निर्माण तर्फ २ करोड ११ लाख, भवन तथा सहरी विकास शिर्षकमा १ करोड ७७ लाख, खानेपानी तथा सरसफाई तर्फ ९४ लाख ६७ हजार बजेट विनियोजित गरिएको नगर उप–प्रमुख ताराकुमारी शाहीले बताईन ।
यसैगरी संस्कृतिक प्रवद्र्धन शिर्षकमा ७८ लाख ५ हजार, उर्जा, लघु तथा साना जलविद्युत शिर्षकमा ५८ लाख, सिंचाई तर्फ ४१ लाख १० हजार, वन तथा भुसंरक्षण शिर्षकमा १२ लाख ५ हजार, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण शिर्षकमा ३६ लाख ९४ हजार, खेलकुद तथा मनोरञ्जन तर्फ ५ लाख २४ हजार, कृषि तर्फ ४९ लाख ३७ हजार, उद्योग तर्फ १२ लाख ३० हजार, सहकारी तर्फ ५ लाख स्वास्थ्य तर्फ ३७ लाख ३० हजार, विपद् व्यवस्थापन शिर्षकमा ५ लाख, संस्थागत विकास, सेवा प्रवाह र सुशासन शिर्षकमा ७८ लाख ६ हजार बजेट विनियोजित भएको उप–प्रमुख शाहीले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्