नेकपा बैठक: पार्टीको विधान अनुमोदन



काठमाडाैं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को बैठक सकिएको छ । मंगलबार बिहान बसेको बैठकले पार्टीको विधान अनुमोदन गरेको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए ।

महासचिव पौडेलका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले जुम्लामा अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्नका लागि शिक्षा मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता समिति गठन गरेको जानकारी दिएका थिए ।

सरकारी वार्ता टोली र आन्दोलनरत डा. केसी पक्षघरहरुबीच अहिले शिक्षा मन्त्रालयमा वार्ता चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्