महाभारत नजोगिए चुरे जोगिन्न ! चुरे नजोगिए तराई- मधेश जोगिन्न !



तराई मधेशको सीमित समुदायमा राजनीति गरिरहेकालाई मधेश र पहाड अलग पार्नै पर्ने र ,
पहाडलाई घृणा र छी छी दुर दुर गर्ने मधेशी राजनीतिका मठाधीशहरूका कारण पहाडका मानिसलाई पनि तराई-मधेशको प्रदेश सँग जोडिने इच्छा नभएको देखिन्छ !
*****

नेपालको भूगोलले हिमाल, पहाड र मधेशलाई अलग गरेर हेर्दैन !

नेपालको हिमाल र पहाडबाट बगेका नदीले सुख्खायाममा भारतको गङ्गा नदीको पानीमा ७० प्रतिशत योगदान गरेको छ !
हाम्रो तराई-मधेशको लागि त अर्को कुनै स्रोत नै छैन !

*****
चुरे सबै भन्दा पुरानो पर्वत शृंखला भनिन्छ !

तर हिमालय, महाभारतबाट बगेका नदी खोलाले बगाएका ढुङ्गा-गेगर चुरे क्षेत्रमा थुप्रिने गरेका छन् र मलिलो माटो मधेश -तराईको मैदान बनेको बताइन्छ !

*****
त्यसैले तराई-मधेशकै जगेर्नाको लागि पनि हिमाल,पहाड र मधेश जोड्नु पर्दछ ! प्रान्तको सीमा हेरफेर सम्भव छ भने पुनः नयाँ बिन्दुबाट सोचिनु पर्दछ !

*****
हिमाल र पहाडबाट बग्ने नदी -खोला, खनिज , वन-वनस्पतिमा तराई-मधेशको हक कायम गर्न पनि हिमाल, पहाड र मधेश जोड्नु पर्ने हो !

-Keshav Prasad Bhattarai काे फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्