चर्चित अभिनेत्री रिताको निधन



एजेन्सी । भारतीय टेलिभिजन र फिल्म इन्डष्ट्रिकी चर्चित अनुहार रिता भादुडीको निधन भएको छ । यसको जानकारी वरिष्ठ अभिनेता शिशिर शर्माले सोसल मिडियामा दिएका हुन् ।

उनले लेखेका छन्, ‘निकै दुःखी हुँदै रिता भादुडी हामीबीच नरहेको जानकारी दिन चाहन्छु । उनको अन्तिम संस्कार जुलाई १७ तारिख दिउँसो १२ बजे अन्धेरी इस्ट मुम्बईमा हुनेछ । हामी सबैका लागि उनी एक आमाजस्तै थिइन् । उनलाई सधैं सम्झिरहने छौं ।’

रिपोर्टका अनुसार रिता १० दिनदेखि अस्पतालमा भर्ना थिइन् । लामो समयदेखि मृगौला रोगबाट पीडित उनी हरेक दोस्रो दिन डायलायसिसका लागि अस्पताल जानुपर्ने भारतीय संचारमाध्यमले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्