नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी



काठमाडौ ।  सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सुरु भएको छ ।

बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि सुरु भएकको हाे । बैठकमा पछिल्लो राजनीतिक परिस्थितिको बारेमा पनि छलफल हुने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

गत शनिबार बसेको पार्टीको सचिवालय बैठकले निमयमावलीलाई टुंगो लगाउन नेता बामदेव गौतम, रामबहादुर थापा तथा महासचिव विष्णु पौडेल रहेको कार्यदल गठन गरेको थियो ।

बैठकले कार्यदलले तयार पारेको पार्टीको नियमावलीलाई अनुमोदन गर्नेछ। अनसनमा बसेका डा.गोविन्द केसी र गंगामाया अधिकारीका विषयमा पनि पार्टीको साझा धारणा सार्वजनिक गर्ने सम्भावना रहेको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले डा. केसी र अधिकारीको जीवन रक्षा हुनुपर्ने माग गर्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव समेत दर्ता गरेको छ। बैठकले कांग्रेसले राखेको मागका विषयमा धारणा सार्वजनिक गर्नेछ।

प्रतिक्रिया दिनुहोस्