कहिले होला खै ?



एक महिना लामो फुटवलको महाकुम्भ अन्तत सकिएको छ । अनेकौ तर्क, दावी, अनुमान, अड्कललाई किनार लगाउँदै फ्रान्स दोस्रोपटक विश्व विजेता बनेको छ । अन्तिम १६ टोलीको छनोट हुनु अघि खासै कसैको रोजाईमा नपरेको क्रोएसिया उप–विजेता बन्दै छुट्टै छाप छोडेको छ । २०२२मा कतारमा हुने विश्वकपमा क्रोएसियन फ्यान नेपालमा ह्वात्तै बढ्ने सहजै अनुमान गर्न सकिन्छ ।

यसपटक क्रोएसियन खेलाडी चर्चाको चुलीमा रहे, त्यो भन्दा झनै चर्चा बटुलिन सो मुलुककी राष्ट्रपतिले । राष्ट्रपति हुन् कि हट मोडल छुट्याउनै नसकिने, सुरक्षा दायरा विनै खेलाडीको आँसु पुच्ने, अंकमाल गर्ने, समर्थकको हासो माथि हासो थप्ने भएसी उनी राष्ट्रपति भन्दा विश्वासै नलाग्ने ।

उनको व्यवहार र त्यस्तो महोल यता नेपालमा कहिले होला, बहुसंख्यक नेपालीले त्यस्तै प्रश्न गर्न थाल्या छन् । नेपालीको त्यस्तो इच्छा चाहनाबारे राष्ट्रपति भण्डारीलाई खवर छ कि छैन होला ? अनि सँधै सुरक्षा घेरामा रम्न चाहने, समर्थक र सुभेच्छुकहरुले नमस्ते गर्दा पनि नदेखे झैं गर्ने, सुन्या नसुन्यै गर्ने गणतन्त्रका छोटे राजा महाराजाहरुले चाहिँ क्रोएसियन राष्ट्रपतिबारे के भने होला, धरहरालाई धेरै खुलदुली जाग्या छ ।

प्रतिक्रिया दिनुहोस्