राष्ट्रिय वाणिज्य बैंक र एनएलजी इन्स्योरेन्सबीच सम्झौता



काठमाडौं, (नेस) राष्ट्रिय वाणिज्य बैंक र एनएलजी इन्स्योरेन्स कम्पनीबीच सोमबार बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र एनएलजी इन्स्योरेन्स कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभले हस्ताक्षर गर्नुभएको छ ।

उक्त सम्झौता भएपश्चात राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले आफ्नो धितो तथा अन्य सम्पत्तिहरुको बीमा एनएलजी इन्स्योरेन्स कम्पनीबाट गर्न सक्ने छन् । बैंकको हाल ७४ जिल्लामा २०४ वटा शाखा कार्यालय, १३५ वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ इकाई रहेको छ ।

चालँ आवको तेस्रो त्रैयमाससम्म बैंकले १ खर्ब ५३ अर्ब निक्षेप संकलन गरी १ खर्ब १२ अर्ब रुपियाँ कर्जा लगानी गरी ३ अर्ब ८ करोड रुपियाँ खुद मुनाफा कमाएको छ ।
यसैबीच राष्ट्रिय वाािणज्य बैंकको सोमबार तीन वटा शाखा शुरू गरेको छ ।

बैंकले मुगु जिल्लाको सोरु गाउँपालिका–६ स्थित सोरुकोटमा शाखा, रसुवा जिल्लाको कालिका गाउँपालिका–२ स्थित कालिकास्थान शाखा र खोटाङको केपिलासगढी गाउँपालिका– ४ स्थित बाक्सिला शाखा शुरुवात गरेको हो ।

प्रतिक्रिया दिनुहोस्