ज्योति विकास बैंकले हाम्रो विकास बैंकलाई एक्विजिसन गर्ने



काठमाडाैं, (नेस)
ज्योति विकास बैंकले क्षेत्रीय स्तरको हाम्रो विकास बैंकलाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ । प्राप्ति गर्ने बारेमा आइतबार सम्झौता भएको छ ।

ज्योति विकास बैंकले नुवाकोट जिल्लामा कार्यक्षेत्र रहेको हाम्रो विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने सम्झौतामा ज्योति विकास बैंक सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्का तथा हाम्रो विकास बैंकका सञ्चालक समितिका अध्यक्ष हरि प्रसादले हस्ताक्षर गरेका छन् ।

शेयर स्वाप अनुपात हाम्रो विकास बैंकको डीडीएपश्चात आउने मँल्यलाई आधारमा तय हुनेछ । ज्योति विकास बैंकको हालको चुक्ता पुँजी २ अर्ब ५९ करोड ३६ लाख रहेको रहेको छ । त्यस्तै हाम्रो विकास बैंकको चुक्ता पुँंजी ४९ करोड २२ लाख रुपियाँ रहेको छ ।

हाम्रो विकास बैकको प्राप्तिपछि ज्योति विकास बैंकको कुल निक्षेप रकम करिब २०.५० अर्ब, कर्जा रकम करिब १७.५० अर्ब नाघ्ने छ साथै शाखा सञ्जाल ६७ पुग्नेछ । ज्योति विकास बैंकले यस अघि झिमु्रक विकास बैंकसंँग मर्जर र राप्तिभेरी विकास बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्