ललितपुर महानगरपालिकाको बजेट ४ अर्ब ६१ करोड



नेपाल समाचारपत्र, ललितपुर
ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ६१ करोड रुपियाँको बजेट पारित गरेको छ । महानगरपालिकाको दोस्रो नगरसभाले महानगरपालिकाको आगामी आर्थिक वर्षका लागि ४ अर्ब ६० करोड ७२ लाख ८७ हजार बजेट पारित गरेको हो ।

नगरसभाले पारित गरेको निर्णय सोमबार सार्वजनिक गर्दै महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बेरुजु फछ्र्याैटका लागि महानगरपालिकालाई नगरसभाले निर्देशन दिएको पनि स्पष्ट पार्नुभयो । नगरसभाद्वारा पारित महानगरपालिकाको नीति तथा कार्यक्रम र बजेटमा चालँ आर्थिक वर्षमा पुँजीगततर्फ ९८ लाख र चालँतर्फ ४९ लाख २० हजार विभिन्न शीर्षकमा रकमान्तर पनि गरिएको पनि उल्लेख गरिएको छ ।

 

महानगरपालिकाले चालँ आर्थिक वर्षको चैतभन्दा अगाडि असुल गरेको घर बहाल कर तत्काल फिर्ता गर्न पनि नेपाल सरकारसँग माग गरेको छ । स्थानीय कर सरकारले लिन नपाउने व्यवस्था अनुसार चैत अगाडि असुल गरिएको घर बहाल कर तत्काल उपलब्ध गराउन सरकारसँग माग गरिएको महानगरपालिकाका प्रमुख महर्जनले जानकारी दिनुभयो । महानगरपालिकाको बजेट, नीति तथा कार्यक्रममा ‘एक घर एक उद्यम’ को अवधारणा पनि अघि सारिएको छ ।

त्यसैगरी महानगरपालिका क्षेत्र भित्रका भँकम्प प्रभावितहरुको लाभग्राहीको नाम सँचीमा समावेश भएका व्यक्तिलाई ३ हजार वर्ग फुटसम्मको क्षेत्रफलको नक्सा पास दस्तुर मिनाहा गरिएको पनि मेयर महर्जनले बताउनुभयो । नगरसभाको उद्घाटन संस्कृतिविद् डा सत्यमोहन जोशीले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्