आव २०७४/७५ मा शेयर बजारका लगानीकर्ताले ४ खर्ब २२ अर्ब गुमाए



नेपाल समाचारपत्र, काठमाडौं
आर्थिक वर्ष २०७४/७५ मा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसँचक २३ दशमलव ४४ प्रतिशत अर्थात ३ सय ७१ दशमलव २१ अंकले घटेको छ । आवको पहिलो दिन अर्थात् गत वर्ष साउन १ गते नेप्से परिसँचक १ हजार ५ सय ८३ दशमलव ५७ को बिन्दँमा रहेकोमा आवको अन्तिम दिन अर्थात हिजो सोमबार नेप्से परिसँचक १ हजार २ सय १२ दशमलव ३६ को बिन्दँमा रहेको छ ।

आवको शुरूआतमा १८ खर्ब ५७ अर्ब ८८ करोड रुपियाँबराबरको समग्र पुँजीकरण रहेकोमा आर्थिक वर्षको अन्तिम दिनसम्म १४ खर्ब ३५ अर्ब १३ करोड रुपियाँमा खुम्चिँदा ४ खर्ब २२ अर्ब ७५ करोड रुपियाँ लगानीकर्ताको गुमेको छ।

यस आर्थिक वर्षमा गत साउन २३ गते १ हजार ६ सय ६७ दशमलव ९४ को बिन्दँमा पुगेको थियो भने सबैभन्दा कम बिन्दु गत चैत १२ गते १ हजार १ सय ६८ दशमलव ५५ को बिन्दँमा झरेको थियो ।

ुमूहगत रुपमा यस आर्थिक वर्षमा अन्य ुमूह बाहेक सबै ुमूहको उपसँचक घटेको छ । अन्य समूहको उपसँचक १ दशमलव ९८ प्रतिशतले बढेर ७ सय ७ दशमलव ६७ को बिन्दूमा रहेको छ । त्यस्तै बैंकिङ समूह २७ दशमलव ९८ प्रतिशतले घटेर १ हजार २३ दशमलव ५६ को बिन्दुमा पुगेको छ ।

वित्त ुमूह १८ दशमलव ३९ प्रतिशत, होटल ुमूह १८ दशमलव २१ प्रतिशत, जलविद्युत् ुमूह २१ दशमलव ५३ प्रतिशत, विकास बैंक समूह २६ दशमलव २६ प्रतिशत, उत्पादक ुमूहमा ४ दशमलव ३२ प्रतिशत, बीमा समूहमा २५ दशमलव ७७ प्रतिशत तथा ‘क’ वर्गका कम्पनीको परिसँचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स २४ दशमलव १३ प्रतिशतले घटेको छ ।

यसैगरी चालँ आर्थिक वर्षको अन्तिम असार ३२ गते पुँजी बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । सोमबार शेयर बजार १२ दशमलव २७ अंकले बढेर १ हजार २ सय १२ दशमलव ३६ अंकमा पुगेको छ ।

दिनभरिमा १ सय ५९ वटा कम्पनीको ११ लाख ७६ हजार ५ सय ९२ कित्ता शेयर ३ हजार ३ सय ८८ पटक खरिद बिक्री हुँदा कुल ३१ करोड ८५ लाख ८२ हजार ९ सय ३८ रुपियाँ बराबरको कारोबार भएको छ । आइतबारको तुलनामा कारोबार रकम पनि बढेको छ । पुँजी बजारमा आइतबार करिब साढे १९ करोड रुपियाँ बराबरको मात्र कारोबार भएको थियो ।

सोमबारको कारोबारमा अन्य समूह २ दशमलव ६७ अंकले घटे पनि अन्य सबै ुमूहको उपसँचक बढेको छ । सबैभन्दा धेरै बीमा समूहको उपसुचक १ सय ४७ दशमलव शुन्य २ अंकले बढेको छ । बैंकिङ समुहको उपसँचक ६ दशमलव शून्य ५ अंकले, व्यापार ुमूहको उपसुचक १ दशमलव ९४ अंकले, होटल समूहको उपसँचक ३२ दशमलव २९ अंकले, विकास बैंक समूहको उपसुचक २४ दशमलव ५९ अंकले र जलविद्युत् समूहको उपसुचक ५० दशमलव २३ अंकले बढेको छ । त्यसैगरी वित्त समूहको उपसुचक २ दशमलव ८८ अंकले, उत्पादनमँलक समुहको उपसँचक ३२ दशमलव ५१ अंकले र लघुवित्त समूह १२ दशमलव ६२ अंकले बढेका छन् ।

सोमबारको कारोबारमा सबैभन्दा धेरै प्राइम लाइफ इन्स्योरेन्स प्रोमोटर शेयरको ५ करोड २० लाख रुपियाँ भन्दा बढीको कारोबार भएको छ। सबैभन्दा धेरै कमाउनेमा युनाइटेड मोदी हाइड्रोका लगानीकर्ताले प्रतिकित्ता ७ दशमलव ५० प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा ङादी ग्रुप पावरका लगानीकर्ताले प्रतिकित्ता ५ दशमलव २३ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्