पुंँजीगत बजेट कम खर्च, चालू खर्च ९५ प्रतिशत



पर्वत, (नेस) पर्वत जिल्लामा चालँ खर्चको तुलनामा पुँजीगत बजेट कम खर्च भएको छ ।
चालँ आर्थिक वर्षको अन्त्यमा पुँजीगत बजेट ६० प्रतिशतको हाराहारीमा खर्च भएको छ भने चालँ खर्च भने ९५ प्रतिशत खर्च भइसकेको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय पर्वतले दिएको जानकारी अनुसार असार २९ गतेसम्म पुँजीगत बजेट ५५ करोड ६३ लाख रुपियाँ मात्र खर्च भएको छ । यस वर्ष जिल्लाको कुल पुँंजीगत बजेट ९० करोड २१ लाख रहेको थियो ।

नगरपालिका, गाउँपालिका तथा जिल्लाका सबै सरकारी कार्यालयहरुले पुंँजीगत खर्च असार अन्त्यमा बढी गर्ने भएकाले यो खर्च असार मसान्तसम्म बढ्ने अनुमान गरिएको छ ।

चालँ खर्चतर्फ भने ४ अर्ब ४ करोड मध्ये ३ अर्ब ७१ करोड रुपियाँ खर्च भइसकेको छ । कार्यालयका अनुसार असार महिनामा १९ करोड १७ लाख रुपियाँ पुंँजीगत खर्च भएको छ भने १६ करोड ७० लाख रुपियाँ चालँ खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस्