डा. केसीको समर्थनमा बर्दियामा जनप्रदर्शन



विष्णु तिमिल्सिना, बर्दिया
जुम्लामा आमरण असनरत डाक्टर गोबिन्द केसीका मागको सर्मथनमा बर्दियामा नागरिकहरुले जनप्रदर्शन गरेका छन् । स्वास्थ्य सेवा सरोकार समाज बर्दियाको नेतृत्वमा बर्दियाका नागरिकहरुले सदरमुकाम गुलरियाका जुलुस प्रदर्शन गर्दै कोण सभा पनि गरेको हुन् ।

कोण सभामा बोल्ने नागरिक बक्ताहरुले डाक्टर गोबिन्द केसीले राखेको माग कुनै राजनैतिक पार्टीको पक्ष वा बिपक्षमा नभई आम जनताको सरोकार राख्ने हुनाले यसलाई राजनैतिक रगं दिन नहुने बाताए । जनतालाइ सहज, सुलभ, सस्तो र भरपर्दो सेवा पाउनु पर्छ, गरिबका छोरा छोरीहरुले पनि निशुल्क चिकित्सा शिक्षा पढ्न पाउने गरी देशका बिभिन्न ठाँउहरुमा मेडिकल कलेज खोल्नु पर्छ ।

जनताको लागि औषधि उपचार महंगो नहोस भनि आमरण अनसन बसेका गोबिन्द केसीको जिवन रक्षाको लागि सरकार संग यथासिघ्र माग पुरा गर्न सरकारलाई अनुरोध गरेका छन् । कोण सभामा बर्दियाका नागरिक समाज सेवीहरु दिनेश श्रेष्ठ, बिष्णु प्रसाद, तिमिल्सिना, मेघनाथ अधिकारी अधिवक्ता बिद्याप्रसाद खनाल, बिरबहादुर रोकाय, खडानन्द तिवारीलगाएतले आ आफ्नो धारणा राखेका थिए ।

नागरिकहरु डाक्टर केसीको मागको सर्मथन लेखिएका कागजका टोपी, ब्यानर तथा प्लेकाड सहित गुलरिया नगरपालिका वडा नम्बर ७ स्थित आम बगैचाबाट जुलुश शुरु गरेर गुलरिया बजार परिक्रमा गर्दै जिल्ला अदालत अगाडीको पिपल चौतारामा पुगि कोण सभामा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्