डा.केसीसँग वार्ता गर्न वार्ता टोली गठन



भगवती तिमल्सिना, काठमाडौं ।
सरकारले चिकित्सा शिक्षा सुधारको माग ७ बुद्धे राख्दै आमरण अनसनमा बस्नुभएका प्रा.डा.गोविन्द केसीसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रीपरिषदको बैठकले तीन सदस्यीय वार्ता टोली गठन गरेको हो । वार्ता टोली शिक्षा सचिव खग राज बरालको संयोजकत्वमा बनाइएको समितिमा गृह र स्वास्थ्य मन्त्रालयका सहसचिव सदस्य रहेका छन् ।

डा.केसीको सोमबार बेलुकाबाट मागका विषयमा शिक्षा मन्त्रालयमा वार्ता सुरु भएको छ । अनसनको १७ औं दिनसम्म पनि सरकारले कुनै चासो नदेखाएको भन्दै आलोचना बढेपछि वार्ता टोली गठन भएको हो ।

वार्ता टोलीमा डा.केसीका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, अधिवक्ता ओम अर्याल, डा.अभिशेक राज सिंह र नेपाल चिकित्सक संघका प्रतिनिधी रहेकाछन् ।

प्रतिक्रिया दिनुहोस्