रु दुई लाख ८० हजारसहित एकाइ प्रमुख पक्राउ



कपिलवस्तु ।
शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुका प्रमुख उपसचिव सुरेन्द्रराज पराजुली रु दुई लाख ८० हजार घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले प्रमुख पराजुलीलाई सेवाग्रहीबाट रु दुई लाख ८० हजार घुस लिँदालिँदै आज अपराह्न कार्यालयबाटै पक्राउ गरिएको हो । के प्रयोजनका लागि उनले घुस लिएका थिए भन्ने खुल्न बाँकी रहेको र घटनाबारे मुचुल्का उठाउने काम भइरहेको आयोग बुटलका प्रशासकीय अधिकृत तुलाराम पौडेलले जानकारी दिनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्