नेकपाले बोलाएको आकस्मिक बैठक भोलीका लागि सर्यो



नेपाल समाचारपत्र, काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको बस्ने भनिएको आकास्मिक बैठक मंगलबार ८ बजेका लागि सारिएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बताइएको छ । नेकपामा महत्वपूर्ण निर्णयहरु गर्नुपरे सचिवालय बैठकबाट गर्ने गरिन्छ ।

बैठकमा समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल हुने एक सदस्यले बताएका छन् । पछिल्लो समय चिकित्सा शिक्षा विधेयक र डा.गोविन्द केसीको अनसनको विषयलाई लिएर प्रमुख प्रतिपक्ष काङ्ग्रेसले संसद बैठक अबरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्