भारतका लागि नेपाली राजदुतमा उप्रेती सिफारिस



नेपाल समाचारपत्र, काठमाडौँ ।

सरकारले भारतका लागि नेपाली राजदूतमा नीलकण्ठ उप्रेतीलाई सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेतीलाई भारतका लागि नेपाली राजदूत सिफारिस गरेको हो ।

उहाँ पूर्व प्रमुख निर्वाचन आयुक्त हुनहुन्थ्यो ।

यसका साथै मलेसियाका लागि नेपाली राजदुतमा उदयराज पाण्डेलाई सिफारिस गरेको छ । उहाँ पूर्व राजदुत हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्