करेन्ट लागेर घाईते भएका नारायणका लागि रकम संकलन गरिँदै



विमल विष्ट, डोटी ।
डोटीमा बिद्युतको पोल गाड्ने समयमा करेन्ट लागेर घाईते भएका आर्दश गाउपालिका १ चासीका नारायण खड्काको उपचारका लागि डोटीमा आर्थिक संकलन अभियान सञ्चालन गरिएको छ । होटेल ब्यबसायी संघका डोटी अध्यक्ष समेत रहनु भएका चासी गाउका स्थानिय दिपकबहादुर खड्काको नेतृत्वमा दिपायलमा सोमबार आर्थिक संकलन गरिएको हो ।

गएको असार १९ गते गाउमै रहेको बिद्युत पोल एक ठाउ बाट अर्को ठाउमा सार्ने क्रममा पोल बिद्युतको हाईटेन्सनको लाईनमा छुन पुग्दा करेन्ट लागेर स्थानिय ४ जना ३० बर्षीया जयन्द्र खड्का, २३ बर्षीय लोकेन्द्र खडका, २२ बर्षका विरेन्द्र खड्का तथा २४ बर्षका दिप खड्काको ज्यान गएको थियो भने नारायण खड्का गम्भिर घाईते हुनु भएको थियो ।

करेन्ट लागेर गम्भिर घाईते भएका खड्काको काठमाण्डौमा रहेको कान्तिपुर अस्पतालमा उपचार भईरहेको छ । करेन्ट लागेर जलेका कारण कान्तिपुर अस्पतालले उहाँका दुबैहात काटेको छ । आर्थिक अवस्था कम्जोर भएको तथा दुबै हात काटिएकाले उहाँको थप उपचारका लागि आर्थिक संलन गरिएको होटेल ब्यबसायी संघ डोटीका अध्यक्ष तथा चासी गाउका स्थानिय दिपकबहादुर खड्काले बताउनु भयो । उहाँले भन्नु भयो ‘घरायसी परिस्थित सारै कम्जोर छ,कमाउने कोही छैन त्यसलै हामीले आर्थिक सहयोग संकलनको अभियान चालेका हौ ।’

आर्थिक संकलन टोलीले खड्काको उपचारका लागि डोटीका स्थानिय,ब्यापारी तथा कर्मचारीहरु बाट रु ४९ हजार ५०० आर्थिक सहयोग र रु ९५००० ऋण सहयोग गरि कुल रु १ लाख ४४ हजार ५०० रकम संकल गरेको छ ।

अध्यक्ष खड्काले दिनु भएको जानकारी अनुसार नारायणको उपचारका लागि नर बहादुर खड्का हरिष फेन्सि पिपल्ला दिपायल रु ६०००,लालबहादुर खड्का सेति फार्मेसी पिपल्ला रु ५०००,दिपक बहादुर खड्का होटल यात्रि प्लाजा पिपल्ला रु ५०००,तिर्थराज अबस्थी सेति प्राबिधिक शिक्षालय रु ५०००, बिनोद बहादुर खड्का आदर्श गाउपालिका १ चासि रु ५०००,श्याम खड्का राबाबैंक सिलगढी रु ५०००,उत्तम खड्का राबाबैंक सिलगढी रु ५०००,चेतबहादुर खडका मनकामना होटल पिपल्ला रु २५००,हरिहर नारायण भट्ट केआईसिह गाउपालिका ४ चन्केसैन रु २०००,नबराज जोशी शिखर नगरपालिका १ कपल्लेकि रु १०००, मकर खडका पुर्बिचौकि १ खिरसैन रु १०००, सराफत हुसेन पिपल्ला बजार रु १०००, टिका बोहरा आदर्श गाउपालिका १ बाँझककनी रु ५००,राजेन्द्र खड्का आदर्श गाउपालिका १ बाँझककानी रु ५०० तथा बमबहादुर खड्का आर्दश गाउपालिका स्वास्थ्य प्रमुख बाट रु ५००० आर्थिक संकलन भएको छ ।

डोटीका स्थानियबाट संकल गरिएको आर्थिक सहयोग राबाबैंक शाखा कार्यालय दिपायलको खाता न ४३०००११६९६१० मा जम्मा गरिएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्