हाटबजार ब्यवस्थापन कार्यक्रम शुरु



सरोज यादव, विराटनगर,

विराटनगरका सडकमा साप्ताहिकरुपमा लाग्दै आएको हाटबजारलाई व्यवस्थित बनाउने अभियानको शुरुवात वार्ड नं ४ वाट शुरु गरिएको छ ।

कञ्चनबारी पश्चिम नोवेल हस्पिटल जाने सडकमा शुक्रवार हाट लाग्दै आएको थियो । हाटलाई व्यवस्थित गर्न सडक छेउमा रहेको खाली जग्गालाई मिलाउने काम आइतवार देखि शुरु गरिएको छ ।

व्यवस्थित वजारका लागि सडको छेउमा रहेको झण्डै १ विगाहा जमिनलाई ३ लेनमा विभाजन गर्ने र प्रत्येक व्यपारीलाई २ मिटरको जग्गाको दरले चिन्ह लाएर प्रदान गर्ने वार्ड नम्बर ४ का वडाध्यक्ष देवेन्द्र पोखरेलले जानकारी दिए ।

सडकमा अबरोध पुग्ने गरी अब कसैले पनि हटिया लाउन पाउने छैनन् । सडकमा हुने अवरोध हटाउन विराटनगर महानगरका प्रमुख भीम पराजुलीले महानगरका १९ वटै वडाका वडाध्यक्षहरुलाई उपयुक्त स्थानमा हटिया व्यवस्थापन गर्न निर्देशन दिइसकेका छन ।

प्रत्येक वडाका विभिन्न स्थानमा लाग्ने हटियाहरु सडकमै लाग्ने गरेका थिए । अब भने सडक भन्दा बाहिरको खाली भाग या उपयुक्त स्थानमा हटिया लाउने अभियानमा वडाध्यक्षहरु जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्