कांग्रेसले गर्यो संसद बैठक अवरुद्ध, चिकित्सा शिक्षा विधेयक अगाडी बढ्न सकेन



नेपाल समाचारपत्र, काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ ।चिकित्सा शिक्षा विधेयक अघि बढाउन खोजेपछि कांग्रेसले संसद बैठक अवरुद्ध गरेको हो ।

विरोध लगतै सभामुखले सांसद मीन विश्वकर्मालाई बोल्न समय दिए । सरकारले समस्या बल्झाउने गरी चिकित्सा शिक्षा विधेयक ल्याएको भन्दै विरोध गरे ।

जुम्लामा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर रहेको भन्दै उनले वार्ताबाट समस्या समाधान गर्न सरकारलाई आग्रह गरे । कांग्रेस सांसदहरु पटक–पटक उठेर विरोध गरेपछि संसद बैठक अवरुद्ध बनेको हो ।

प्रतिक्रिया दिनुहोस्