संगीतकार अम्बर गुरुङकी श्रीमती बिनाकाे निधन



काठमाडौँ । संगीतकार अम्बर गुरुङकी श्रीमती बिना गुरुङको निधन भएकाे छ । उनकाे ७६ बर्षको उमेरमा आइतबार साँझ ग्रान्डी अस्पतालमा निधन भएको हाे ।

२ बर्षअघि श्रीमान अम्बरको निधन भएयता रोगशोकले थलिएकी बिनालाई गत साता निमोनियाको आशंकामा ग्रान्डी भर्ना गरिएको थियो ।

श्रीमती बिना बूढानिलकण्ठस्थित घर भाडामा लिएर छोरीका साथमा बस्दै अाउनुभएकाे थियाे । श्रीमती गुरुङको सोमबार बिहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने बताइएकाे छ । बीनाका ३ छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्