फ्रान्समा विश्वकपको विजयी जुलुसः सडकमा उत्रिए लाखौँ मानिस, प्रहरीले नियन्त्रण गर्न सकेन (फोटोफिचर)



पेरिस, आइतबार मस्कोस्थित लुज्निकी स्टेडियममा भएको फाइनल खेलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएर फ्रान्स २१ औं विश्वकपको च्याम्पियन बनेको छ ।

यसकै खुसियालीमा फ्रान्सका मुख्य शहरहरु हर्ष र उल्लासले भरिएको छ । खुसियाली मनाउने क्रममा फ्रान्सका दुई समर्थकको ज्यान पनि गएको अन्तराष्ट्रिय समाचार माध्यामहरुले उल्लेख गरेका छन् ।

फ्रान्सको पेरिसमा रहेको आईफेल टावर अगाडी ठुलो संख्यामा मानिसहरुको भीड छ । फ्रान्सेलीहरु हर्ष र उमंगकासाथ सडकमा उत्रिएका छन् ।

भीडका कारण मुख्य सडकहरु जाम छन् भने कसैको ज्यानै गएको छ, कायौं मानिसहरु घाईते भएको अवस्था छ । फ्रासेलीहरुले निकालेको विजयी जुलुस प्रहरी नियन्त्रण बाहिर छ ।

फ्रान्स समर्थकहरुले सडकमा होहल्ला गर्नुका साथै पटका पड्काएर विश्वकप विजयको खुसी मनाएका छन् ।

तस्बिरमा हेर्नुहोस विश्वकप विजयको रौनक

यी तस्विरहरु हामीले अग्रेंजी अनलाईन डेलीमेलबाट लिएका हौँ ।


प्रतिक्रिया दिनुहोस्