प्रियंका र आयुष्मान अब आयंका



यिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको प्रेम जोडी अब आयंका भएका छन्। शनिबार पारिवारिक समारोहबीच एक अर्कासँग औंठी साटासाट गरेर इनगेजमेन्ट गरेपछि यो जोडी आयंका भएको हो।
दुवै परिवारका खास–खास सदस्यको उपस्थितिमा इनगेजमेन्ट गरेपछि प्रियंका र आयुष्मानले आफ्नो जोडीलाई आयंकाका रूपमा अगाडि सारेका हुन्। उनीहरूको इनगेजमेन्टपछि शुरूमा आयुष्मानकी आमा रविना देशराजले प्रियंकालाई चाँडै नै आफ्नो घरमा स्वागत गर्न आतुर रहेको उल्लेख गर्दै इन्स्टाग्राममा इनगेमेन्टका तस्वीरहरू सेयर गरेकी थिइन्। उनले एक तस्वीरमा प्रियंकालाई प्रियंका जोशी भनेरसमेत उल्लेख गरेकी थिइन्।

उता प्रियंकाले दाइ मानेकी व्यापारी डिकेस मल्होत्रा पत्नी तथा पूर्व नेपाल सुन्दरी जेनिषा मोक्तानले पनि सामाजिक सञ्जालमा आफूसहित प्रियंका र आयुष्मान एक साथ भएको तस्वीर सेयर गरेर आयंकालाई बधाई दिएकी थिइन्। नायिका प्रियंकाले भने मध्यरातिमात्र फेसबुकलगायत सामाजिक सञ्जालमा तस्वीर सेयर गरेर आफूहरूबीच इनगेजमेन्ट भएको सार्वजनिक गरेकी थिइन्। उनले पनि आफ्नो पोस्टलाई आयंकाका रूपमा उल्लेख गरेकी छिन्। एक अर्काको नाम जोडेर छोटकरीमा नाम राख्ने चलन हलिउड र बलिउडमा पनि छ। त्यसैको सिको गर्दै प्रियंका र आयुष्मानले आफ्नो जोडीलाई आयंका नाम दिएका हुन्। हलिउडमा ब्राड पिट र एन्जेलिना जोली दम्पतीलाई ब्रान्जेलिनाका रूपमा चिनिन्थ्यो।


पहिलो वैवाहिक सम्बन्ध तोडेको लामो समयपछि प्रियंकाले आयुष्मानलाई प्रेमीका रूपमा रोजेकी थिइन्। उनीहरूबीचको प्रेम सार्वजनिक कार्यक्रममा समेत देखिन्थ्यो।
प्रियंका र आयुष्मान सार्वजनिक कार्यक्रममा प्रायः एकसाथ देखिँदै आएका थिए भने एकअर्काको सफलतामा चुम्बन गरेर खुसी साटेको भेटिन्थे। उनीहरूबीचको प्रेम सम्बन्ध गहिरिँदै जाँदा प्रियंका र आयुष्मानको परिवारबीच पनि मेल भएको थियो।

प्रतिक्रिया दिनुहोस्