जेलमा सुविधा नपाएको सरिफको गुनासो, छोरी मरियमद्वारा सुविधा लिन अस्विकार



इस्लामाबाद (एजेन्सी)
भ्रष्टाचारको मुद्दामा जेल सजायँ पाएर शुक्रबार स्वदेश फिर्ताका क्रममा विमानस्थलबाटै पक्राउ परेका पाकिस्तानका पुर्व प्रधानमन्त्री नवाज सरिफलाई रावलपिन्डी स्थित अदियाला सेन्ट्रल जेलमा ‘बी‘ श्रेणी दिइएको छ ।

तर उनले उक्त श्रेणीका कैदीहरुले पाउने गरेको सुविधा नपाएको गुणासो गरेका छन् । सरिफले शनिबार जेल सुपरिटेन्डेन्टको उपस्थितिमा आफना कानुनी टोलीसँग भेटघाट गरेको र आफुलाई सुविधाहरु नदिएको गुणासो गरेको सुत्रहरुले जनाएका छन् ।

वकिलहरुसँगको भेटघातमा सरिफले ‘बी‘ श्रेणीको कोठामा सुविधाको कमी भएको गुणासो गरेका थिए । कोठामा एउटा खात र पंखामात्र भएको सरिपले बताएको संचारमाध्यमहरुले जनाएकोछ । आफनो कोठामा आछ्यान र एसी पनि नभएको उनको गुणासो थियो । वासरुम पनि अत्यन्त फोहर भएको उनले बताएका थिए ।

यसबीच नवाज सरिफकी छोरी मरियम नवाजले आफुले जेलमा राम्रो सुविधा लिन अस्विकार गरेको दावी गरेकी छिन् । मरिमय नवाजलाई अदियाला जेलकै महिला साखामा राखिएको छ । मरियमलाई जेलमा राम्रो सुविधाका लागि जेल सुपरिटेन्डेन्टलाई एक निवदेन दिनका लागि भनिएको तर उनले त्यसलाई अस्विकार गरेको सामाजिक सन्जालमा पोस्ट गरिएको एक पत्रमा बताइएको छ ।

जुलाइ ६ मा पाकिस्तानको भ्रष्टाचार निवारण अदालतले भ्रष्टाचारको एक मामिलामा नवाज सरिफलाई १० बर्ष र उनकी छोरी मरियमलाई ७ बर्षको जेल सजायँ सुनाएको थियो । मरियमका पति मुहम्मद सफदरलाई पनि एक बर्षको कैद सजायँ सुनाइएको थियो ।
शुक्रबार नवाज सरिफ र मरियमलाई लन्डनबाट पाकिस्तान फर्कँदा विमानस्थलमा पक्राउ गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्