मेलाई ट्रम्पको सुझाव



लन्डन (एजेन्सी)
अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री टेरिजा मेलाई युरोपेली संघबाट बेलायत बाहिरिने आसन्न विषयमा तनावपुर्ण छलफलको समाधानका लागि उक्त संघमाथि मुद्दा हाल्न सुझाव दिएको बताइएको छ ।

अमेरिकी राष्टपतिले गत शुक्रबार मेसँगको एक संयुक्त पत्रकार सम्मेलनमा आफुले बेलायती नेतालाई ‘क्रुर‘ बन्न सुझाव दिएको बताएका थिए । उक्त विषयलाई लिएर आइतबारसोधेको एक प्रश्नको जवाफमा प्रधानमन्त्री मेले भने– उनले मलाई इयु माथि मुद्दा हाल्नु पर्ने बताएका थिए । उनले भने ‘वार्तामा जाने नै होइन, तिनीहरुलाई मुद्धा हाल्नु । ‘

 

प्रतिक्रिया दिनुहोस्