हिमालयन बैंक र मेडिसिटीबीच सम्झौता



काठमाडौं, (नेस) हिमालयन बैंक र नेपाल मेडिसिटी अस्पतालबीच उक्त अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौताअनुसार नेपाल मेडिसिटी अस्पतालले हिमालयन बैंकद्वारा जारी भएका डेबिट, क्रेडिट तथा प्रिपेड कार्डधारी ग्राहकलाई अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा ७ प्रतिशतसम्म छुट प्रदान गर्ने छ ।

उक्त सम्झौता पत्रमा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र नेपाल मेडिसिटी अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका छन् ।

कार्ड कारोबारमा धेरै अनुभव भएको तथा सबै भन्दा धेरै ब्रान्डका कार्ड जारी तथा आफ्ना बृहत् सञ्जालहरुमा स्वीकार गर्ने बैंक हिमालयन बैंक र नेपाल मेडिसिटी अस्पताल बीच भएको उक्त सम्झौताले दुवै संस्थाका ग्राहकलाई सुविधा पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्