सन्राइज बैंकले कलंकी शाखा स्थानान्तरण



काठमाडौं, (नेस)
सन्राइज बैंकले कलंकी शाखालाई साविकको स्थानबाट करिव ५० मिटरको दूरीमा स्थानान्तरण गरेकोे छ । आइतबार एक कार्यक्रम बीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको उपस्थितिमा बैंकका सञ्चालक समितिका संचालकहरु बच्छराज तातेड र ज्योति कुमार बेगानीले कलंकी शाखाको संयुक्त रुपमा समुद्घाटन गर्नुभएको थियोे ।

बैंकले छिटो, सुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा ग्राहकहरू समक्ष पु¥याउने उद्देश्यले पायक पर्ने ठाँउमा उक्त शाखा स्थानान्तरण गरेको हो ।

सन्राइज बैंकले हाल ९० वटा शाखा, सय वटा एटीएम, २२ वटा शाखारहित बैंकिङ सेवा र ३ वटा एक्सटेन्सन काउन्टरमार्फत ४ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै मर्चेन्ट बैकिङ तथा इन्भेष्टमेन्ट बैंकिङ कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सन्राइज क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्