सिटिजन्स बैंकले एक साथ चार शाखा खोल्यो



काठमाडौं, (नेस)
सिटिजन्स बैंक इन्टरनेसनले एक साथ चार जिल्लामा शाखा स्थापना गरेको छ । आइतबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले चार शाखाको शुरूआत गर्नुभयो ।

बैंकले आइतबार प्युठानको झिमरुक, पूर्वी रुकमको भूमे, हुम्लाको नाम्खा र अछामको ढकारीमा नयाँ शाखा सञ्चालन गरेको हो । यसअघि बैंकले चालू आवमा १४ वटा शाखा स्थापना गरिसकेको जनाएको छ । बैंकले छिट्टै कैलालीको मोहन्याल र काठमाडौंको टोखा र थानकोटमा नयाँ शाखा खोल्ने गरी गरेको छ । बैंकको हाल ७८ वटा शाखा ७० एटीएम र ९९ वटा शाखारहित बैकिङ इकाई रेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्