बैंक अफ काठमाण्डूका अध्यक्षद्वारा सपथ



काठमाडौं, (नेस)

बैंक अफ काठमाण्डूको २३औं वार्षिक साधारणसभाबाट बैंकको चुक्ता पु“जीको १३ दशमलव २५ प्रतिशत बोनस शेयर पारित गर्ने निर्णय गरेको छ । साधारण सभामा छलफल तथा अनुमोदनका लागि पेश भएका अन्य सम्पूर्ण प्रस्तावहरु सभाले पारित गरेको छ ।

 

त्यस्तै बैंकका सञ्चालक प्रकाश श्रेष्ठले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपाल समक्ष आइतबार सञ्चालक समितिको अध्यक्षको सपथ ग्रहण गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्