स्वच्छ ऊर्जा र ऊर्जा दक्षता नभए १० करोड मानिस गरिबीको रेखामुनी धकेलिने



नेपाल समाचारपत्र, काठमाडौं
बंगलादेशको ढाकामा जारी सार्क उद्योग वाणिज्य संघको ७५औं कार्यसमिति बैठकले नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष एवम् सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकाललाई संघको विधान संशोधन समितिको सभापतिमा चयन गरेको छ ।

संघको विद्यमान विधानलाई अझ बढी स्पष्ट र क्रियाशील बनाउन संशोधन गर्न लागिएको बैठकमा जानकारी गराइयो । विधान संशोधन समितिका सदस्यहरूमा संघका वर्तमान उपाध्यक्ष विनोद जुनेजा, संघका पूर्वअध्यक्ष दासो उगेन थेक्चुप दोर्जी, पाकिस्तान उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष जुवेर अहमद मल्लिक र बंगलादेश उद्योग वाणिज्य महासंघका पूर्वमहासचिव सफकात हैदर छन् ।

त्यसैगरी सार्क उद्योग वाणिज्य संघका कार्य समिति सदस्य देशबन्धु बस्नेत (अजित) संघको मानव संशाधन समितिको सदस्यमा मनोनित हुनुभएको छ ।

कार्य समिति बैठक पश्चात सार्क उवासंघद्वारा ढाकामा आयोजित सम्मेलनलाई ढकालले सम्बोधन गर्नुभयो । सम्मेलनको प्रमुख आतिथ्यता बंगलादेश सरकारका ऊर्जा, वन तथा वातावरण मन्त्री अनिसुल इस्लाम मोहमदले गर्नुभएको थियो ।

सम्बोधनका क्रममा ढकालले यस क्षेत्रको आर्थिक विकासमा मुख्य समस्या बन्दै गएको वातावरण परिवर्तनको चुनौतीलाई साझा समस्याको रूपमा सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो । वातावरण परिवर्तनबाट देखापर्ने चुनौतीलाई सम्बोधन गर्दै आर्थिक विकास, लगानी आकर्षण, रोजगारी सिर्जना गर्दै यस क्षेत्रका जनताको जीवनस्तर सुधारमा साझा एजेन्डा तय गर्न उहा“ले सुझाव दिनुभयो ।

वातावरण परिवर्तनबाट उत्पन्न हुन सक्ने समस्यालाई मध्यनजर गर्दै आफ्ना विकास रणनीति तय गर्न विकसित देशले निकै धेरै प्रगति गरी सकेकाले दक्षिण एसियाली देशहरूले पनि सोही अनुसारको तयारी गर्ने बेला आइसकेको उहा“ले बताउनुभयो ।

स्वच्छ ऊर्जा र ऊर्जा दक्षता अभिवृद्धिमा भएको लगानी वातावरणमा देखिएको परिवर्तनका कारण दिगो हुन नसकेको बताउनु ह“ुंदै उहा“ले वातावरण परिवर्तनबाट हुन सक्ने असरलाई समयमै सम्बोधन नगर्ने हो भने यस क्षेत्रमा सन् २०३० सम्म करिब १० करोड मानिस गरिबीको रेखामुनी धकेलिने तथ्यांक प्रस्तुत गर्नुभयो ।

गरिबीको रेखामुनी जानबाट यस क्षेत्रका जनतालाई जोगाउने हो भने आगामी सन् २०३० सम्म यस क्षेत्रमा स्वच्छ ऊर्जा उत्पादनमा करिब ४१० विलियन अमेरिकी डलर लगानी गर्नुपर्ने, करिब ६७० विलियन अमेरिकी डलर बराबरको लगानी यातायात सुधारमा खर्चनु पर्ने तथ्यांक पूर्व अध्यक्ष ढकालले प्रस्तुत गर्नुभयो । साथै उहा“ले वातावरण क्षेत्रमा भएको खर्बौ लगानीलाई परिणामदायी बनाउन आवश्यक सुधारको खा“चो समेत औंल्याउनु भयो ।

दक्षिण एशिया सहित विश्वभरका व्यवसायी तथा लगानीकर्ताहरूले आफ्नो व्यवसाय, आफ्ना उत्पादन÷सेवा तथा कार्यस्थललाई समेत वातावरणमैत्री बनाउ“दै लगेका बताउनु हु“दै दक्षिण एसियाली देशमा भारतले सौर्य ऊर्जा, श्रीलंकाले हरित आवास योजना, भुटानले विद्युतीय सवारी साधन, बंगलादेश र नेपालले सार्वजनिक–निजी साझेदारीमा सार्वजनिक यातायातको प्रवद्र्धन तथा ऊर्जा विकासमा पहल गरिरहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा भाग लिइरहेको महासंघको प्रतिनिधिमण्डलका सदस्यहरुमा सार्क उवासंघका कार्यकारिणी समिति सदस्य देशबन्धु बस्नेत(अजित), साधारण सदस्यहरु शोभा ज्ञवाली, विजय मल्ल, सार्क महिला उद्यमी परिषद्बाट रीता भण्डारी, प्रभा राजभण्डारी र महासंघको ऊर्जा तथा वातावरण विज्ञ डा. उत्तम कु“वर हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्