हाइटी: प्रमको राजिनामा



पोर्ट औ प्रिन्स,(एजेन्सी)
इन्धनको मूल्य वृद्धिको कारण केहि दिन देखि हिंसात्मक आन्दोलन भइरहेको हाइटीका प्रधानमन्त्री ज्याक गाय लाफोनटान्टले आइतवार पदबाट राजिनामा दिएका छन् । राज धानी पोर्ट औ प्रिन्स स्थित कंग्रेसको तल्लो सभामा भाषण दिने क्रममा उनले राष्ट्रपति जोभनेल मोसेले आफ्नो राजिनामा स्विकार गरेको जानकारी दिएका थिए । हिंसात्मक दंगा चलिरहेकोबेला लाफोनटान्ट विरुद्ध कंग्रेसमा अविश्वासको प्रस्ताव दार्ता गर्ने आब्हान गरिएको थियो । यस आन्दोलनको दौरान चारजना मानिसको ज्यान जानुका साथै पसल र भवनमा आगजनी र व्यापक लुटपाट भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्