२१औं फिफा विश्वकपका केही सम्झनलायक क्षण



कविरस शर्मा
रसियाले आयोजना गरेको फिफा विश्वकपको २१औं संस्करण आइतबार राति सम्पन्न भईसकेको छ । जेठ ३१ बाट सुरु भएको विश्वकपले विश्वलाई एक महिना फुटबलमय बनाएको थियो । विश्वकपको उपाधिका लागि भने फ्रान्स र क्रोएसियाले भिडेका थिए ।

गएको एक महिनासम्म चलेको फिफा विश्वकपमा धेरै रोचक कुराहरु देख्न र सुन्न पाइयो । स्टेडियममा पुगेर प्रत्यक्ष म्याच हेर्नेदेखि टेलिभिजन र अन्य सञ्चारमाध्यम मार्फत अप्रत्यक्ष म्याच हेरेका दर्शकले उत्कृष्ट गोल, रोमान्चक क्षण र निराशाजनक क्षणहरु देख्न पाए । जसमध्ये केहि सम्झनलायक क्षणको बारेमा उल्लेख गरिएको छ ।

’भार’ को भूमिका सकारात्मक
फिफा विश्वकपमा पहिलो पटक प्रयोगमा ल्याइएको भिडियो एसिस्टेन्ट रेफ्रि अर्थात ’भार’ को भूमिका स¥हानीय बन्यो । मुख्य रेफ्रीले गरेको कतिपय निर्णयलाई भार ले गलत सावित गरेपछि टिमको नतिजामा नै उलटफेर भएको थियो । थुप्रै पेनाल्टीको कारण बनेको ’भार’ ले कतिपय अवस्थामा दिइएको पेनाल्टी र कार्डहरु समेत रद्द गर्दै म्याचलाई निस्पक्ष बनाउन सकारात्मक भूमिका खेलेका थिए ।

पूर्व विजेताहरु असफल
फ्रान्सलाई छोड्ने हो भने रसिया विश्वकपमा पूर्व उपाधि विजेता राष्ट्रहरुको स्तर खस्केको मान्न सकिन्छ । ब्राजिल, जर्मनी उरुग्वे, अर्जेन्टिना, इंग्ल्याण्ड र स्पेन जस्ता पूर्व विजेताहरुलाई रसिया विश्वकप फापेन ।

पूर्व च्याम्पियनको समूह चरणबाटै विदाई
रसिया विश्वकप अन्तर्गत समूह एफ को अन्तिम खेल पूर्व च्याम्पियन जर्मनीलाई जसरी खेल पनि जित्नैपर्ने अवस्था थियो । ’गर या मर’ को अवस्थामा रहेको जर्मनी विरुद्धको खेलको इन्जुरी समयमा दक्षिण कोरियाका सन हेङ मिनले गोल गरे । जुन कोरियाका तर्फबाट दोस्रो गोल थियो । जर्मन गोलरक्षक म्यानुअल नुयर दक्षिण कोरियाली मध्य भागमा थिए ।

जर्मनीले कर्नर पाएपछि उनी गोलको खोजीमा त्यहाँ पुगेका थिए । तर सनले त्यही बेला गोल अघि बढाएर नुयर बिनाको गोलपोस्टमा बललाई जाली चुमाए । सोही कारण साविक विजेता जर्मनी ८० बर्षपछि विश्वकपको समुह चरणबाटै बाहिरियो । दोस्रो चरणमा पुग्न नसेक पनि जर्मनीलाई हराएपछि भने दक्षिण कोरियामा उत्सव मनाइएको थियो ।

मुश्किलले अर्जेन्टिना नकआउटमा
रसिया विश्वकपको समूह डी मा रहेको दुई पटकका पूर्व विजेता अर्जेन्टीना मुश्किलले नकआउट चरणमा पुगेको थियो । समूहको पहिलो खेलमा कमजोर मानिएको आइसल्याण्डसँग १–१ को बराबरी र क्रोएशियासँग लज्जास्पद ३–० को हारपछि समान ५–५ पटक फिफा उत्कृष्ट वर्ष र ब्यालोन डे ओर अवार्ड विजेता मेसीसहितको अर्जेन्टिना प्रतियोगिता बाहिरिने संघारमा उभिएको थियो । तर समूहको अन्तिम खेलमा नाइजेरियालाई २–१ ले हराई अर्जेन्टीनाले अन्तिम १६ मा स्थान बनाएको क्षण निकै रोमान्चक बनेको थियो ।

रोनाल्डोको उत्कृष्ट फ्रीकिक गोल
रसिया विश्वकपमा पोर्चुगल अन्तिम १६ बाटै बाहिरिए पनि कप्तान क्रिस्टियानो रोनाल्डोले गरेको प्रर्दशन भने लामो समयसम्म स्मृतीमा रहनेछ । विश्वकपको पहिलो खेलमा पोर्चुगलले स्पेनसँग बराबरी खेल्यो । उक्त खेलको अन्तिम समयमा पोर्चुगल स्पेनसँग ३–२ गोलले पछि थियो । तर रोनाल्डोले इन्जुरी टाइममा २५ यार्डबाट उत्कृष्ट फ्रिकिक गोल गर्दै खेल बराबरीमा टुंग्याए । फ्रिकिक गोलसँग रोनाल्डोले ह्याट्रिक पुरा गरेका थिए ।

फाउलले चर्चा बटुलेका नेयेमार
गत सिजन बार्सिलोनाबाट किर्तिमानी रकममा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका ब्राजिलियन स्ट्राइकर नेयमारका लागि यो विश्वकप सुखद् बनेन । तर पनि उनी सम्झनलायक पात्र भने बनेका छन् ।

उनी उपाधि जित्ने अभियानका साथ रसिया पुगेका थिए । तर खेलका क्रममा उनी माथि थुप्रै फाउल भए । ती फाउलमा उनले नाटकिय ढंगले लड्ने र बल्ट्यांग खाने जस्ता कार्य गरे । जसका कारण फुटबल पण्डित र कमेन्टेटर अचम्ममा परे । सामाजिक सञ्जालमा उनका हजारौं ट्रोल बनेका थिए ।

इंग्ल्याण्डले पेनाल्टीको खड्को टारे
इंग्ल्याण्डलाई धेरैजसो म्याचमा पेनाल्टी सुटआउटमा नफापेको तथ्यांक छ । यस्तै भएको थियो १९९०, १९९८ र २००६ को विश्वकपमा पनि । तर यो पटक सिथ्तिमा सुधार आयो । इंग्ल्याण्डले कोलम्बियालाई अन्तिम १६ मा इतिहास मै पहिलो पटक पेनाल्टी शुटआउटमा हरायो र क्वाटरफाइनल प्रवेश ग¥यो ।

कम वरियताको उत्कृष्ट सुरुवात
रसियाका लागि यो विश्वकप आफैंमा स्मरणयोग्य बनेको छ । रसिया आयोजक राष्ट्र हो र सनसनीपूर्ण प्रर्दशन गर्न समेत सफल रह्यो । विश्वकप सुरु हुनुभन्दा पहिला प्रतियोगिताको सबैभन्दा कमजोर टिमका रुपमा रसियालाई हेरिएको थियो ।

हुनपनि विश्ववरियतामा सहभागी राष्ट्रहरु मध्ये सबैभन्दा तल ७० औं स्थानमा रसिया थियो । तर, रसियाले उद्घघाटन खेलमा साउदी अरेबियालाई ५–० ले हराउंदै सबैको विश्लेषणलाई गलत सावित ग¥यो ।

४ एसियाली राष्ट्रको जित
रसिया विश्वकपमा एसियन फुटबल कन्फेडरेसनको सदस्यता पाएको अस्ट्रेलियालाई छोड्ने हो भने अन्य ४ राष्ट्रले जित हात पारेको थियो । विश्वकपको इतिहासलाई हेर्ने हो भने चार एसियाली राष्ट्रले एउटै संस्करणको विश्वकपमा जित हासिल गरेको यो नै पहिलो घटना हो ।

एसियाका ईरानले मोरोक्कोलाई, दक्षिण कोरियाले जर्मनीलाई, साउदी अरेबियाले इजिप्टलाई र जापानले कोलम्बियालाई हराएको थियो । यी राष्ट्र मध्ये पनि अन्तिम १६ पुगेका जापानले बलियो बेल्जियमविरुद्ध मन जित्ने खेल पस्केका थिए । यस्तै अस्ट्रेलियाले जित दर्ता नगरे पनि डेनमार्कसंग १–१ गोलको बराबरी खेल्दै अंकबिहीन हुनबाट आफूलाई जोगाएका थिए ।

पहिलो पटक ’फेयर प्ले’ को महत्व
समूह एच मा अन्तिम खेलपछि सामान अंक र गोलअन्तर भएको जापान र सेनेगलबीच अन्तिम १६ मा को जाने भन्ने प्रश्न कौतुहलको विषय बनेको थियो ।

जसलाई फिफाले ’फेयर प्ले’ टिमको आधारमा समाधान ग¥यो । जसका कारण जापानभन्दा २ वटा पहेँलो कार्ड बढी ब्यहोरेका सेनेगल समूह चरणबाट बाहिरिने फिफा विश्वकप इतिहासको पहिलो दुर्भाग्य टोली बन्यो ।

 

याे पनि पढ्नुहाेस

कसले कति पायो ?
विजेता रकम (युएस डलरमा)
क्रोएसिया ३८ मिलियन
फ्रान्स २८ मिलियन
बेल्जियम २४ मिलियन
इंग्ल्यान्ड २२ मिलियन
उरुग्वे, ब्राजिल, स्वीडेन, रुस जनही १६ मिलियन
अर्जेन्टिना, कोलम्बिया, जापान, स्वीट्जरल्यान्ड, स्पेन, मेक्सिको, पोर्चुगल, डेनमार्क जनही १२ मिलियन
समूह चरणमै रोकिएका १६ टोलीले जनही ८ मिलियन प्राप्त
कूल पुरस्कार रकम ४०० मिलियन

तथ्यांक
कूल खेल ६४
कूल गोलसंख्या १६?
समूह चरणमा १२२ गोल
पेनाल्टी २३ गोल
आत्मघाती गोल ११ गोल

गोलकर्ता
६ गोल
ह्यारी केन (इंग्ल्यान्ड)

४ गोल
रोमेलु लुकाकु (बेल्जियम), क्रिस्टियानो रोेनाल्डो (पोर्चुगल), डेनीस चेरीशेभ (रुस)

३ गोल
इडेन हजार्ड (बेल्जियम), किलियन एम्बाप्पे, एन्टोइन ग्रीजम्यान (फ्रान्स), एडिसन काभानी (उरुग्वे), येरी मीना (कोलम्बिया), आर्टेम डीजुबा (रुस), डिएगो कोस्टा (स्पेन)

२ गोल
सर्जियो अग्वेरो (अर्जेन्टिना), लुका मोड्रिच, मारियो मान्डजुकिच, इभान पेरिसिच (क्रोएसिया), अहमद मुसा (नाइजेरिया), माइल जेडीनाक (अस्टे«लिया), सन हिउंग मीन (दक्षिण कोरिया), फिलिपे कौटिन्हो, नेयमार (ब्राजिल), मोहमद सलाह (इजिप्ट), एन्ड्रेज ग्रानकिस्ट (स्वीडेन), जोन स्टोन्स (इंग्ल्यान्ड), वाहबी खज्री (ट्युनिसिया), टाकाशी इनुई (जापान), लुइस सुआरेज (उरुग्वे)

१ गोल
एन्जेल डि मारिया, गेब्रिएल मर्काडो, लियोनेल मेसी, मार्कोस रोजो (अर्जेन्टिना)
डेले अली, जेसे लिंगार्ड, ह्यारी मेगाएर, किरान ट्रिपीएर (इंग्ल्यान्ड)
मिची बाटसुआयी, नासेर चाड्ली, केभिन डी ब्रुएन, माराउने फेलाइनी, अदना जानुजाज, ड्राइज मर्टेन्स, थोमास मेउनीएर, जान भेर्टोन्गेन (बेल्जियम)

रोबेर्टो फर्मिन्हो, थियागो सिल्भा, रेनाटो अगस्टो, पाउलिन्हो (ब्राजिल)
गेन्की हारागुची, केइसुके होन्डा, शिन्जी कागावा, युया ओसाको (जापान)
जोसीप डर्मिक, ब्लेरिम डजेमाइली, जेर्डान साकीरी, ग्रानिट जाका, स्टेभेन जुबेर (स्वीट्जरल्यान्ड)

मिलान बाडेली, आन्डे«ज क्रामारिच, इभान राकिटिच, एन्टे रेबीच, डोमागोज भीडा (क्रोएसिया)
जुआन क्वाड्राडो, राडामेल फल्काओ, जुआन फर्नान्डो क्विन्टेरो (कोलम्बिया)
केन्डल वाटसन (कोस्टा रिका)

क्रिस्टियन इरिक्सेन, माथियास जोर्जेन्सेन, युसुफ पाउल्सेन (डेनमार्क)
पेपे, रिकाडो क्वारेस्मा (पोर्चुगल)

जान बेडनारेक, गर्जेगोर्ज क्रिचोवियाक (पोल्यान्ड)
एन्ड्रे कारिलो, पावलो गुइरेरो (पेरु)
भिक्टोर मोसेस (नाइजेरिया)

खालीड बाउटेब, युसुफ इन नेसीरी (मोरोक्को)
ह्याभिइर हर्नान्डेज, हिर्भीङ लोजानो, कार्लोस भेला (मेक्सिको)
फेलीप बालोय (पानामा)

टोनी क्रुस, मार्को रिउस (जर्मनी)
अल्फे्रओ फिनबोगासन, गाइल्फी सिगुर्सन ( आइसल्यान्ड)
करिम अन्सारीफार्ड (इरान)

बेन्जामिन पभार्ड, सेमुएल उम्टीटी, राफाएल भराने (फ्रान्स)
मारियो फर्नान्डेज, युरी गाजीनस्की, एलेक्सान्डर गोलोभिन (रुस)
सलेम अल डावसारी, सलमान अल फराज (साउदी अरेबिया)
साडियो माने, एम्बाय नियाङ, मौसा वाग (नाइजेरिया)
एलेक्सान्डर मिट्रोभिच, एलेक्सान्डर कोलारोभ (सर्बिया)
किम योंग ग्वोन (दक्षिण कोरिया)

लागो आस्पास, इस्को, नाचो (स्पेन)
लुडवीग अगस्टीनसन, इमील फोर्सबर्ग, ओला टोइभोनेन (स्वीडेन)
डायलान ब्रोन, फर्यानी सासी, फकरेडीन बेन युसुफ (ट्युनिसिया)
जोसे गिमेनेज (उरुग्वे)

आत्मघाती गोल ११
अजीज बेहिच (अस्टे«लिया), अजीज बौहाडोउज (मोरोक्को), सर्जेई इग्नाशेभिच (रुस), फर्नान्डीन्हो (ब्राजिल), ओगेनेकारो इटेबो (नाइजेरिया), यान सोमर (स्वीट्जरल्यान्ड), अहमद फाथी (इजिप्ट), थियागो सीओनेक (पोल्यान्ड), डेनीस चेरीशेभ (रुस), यासीन मेरिहा (ट्युनिसिया)

प्रतिक्रिया दिनुहोस्