गोल्डेन बूटमा केनको कब्जा



लन्डन, (एजेन्सी)
रुसमा भएको विश्वकपअन्तर्गत गोल्डेन बुट इंग्ल्यान्डका ह्यारी केनले जितेका छन् । प्रतियोगिताभरि सर्वाधिक ६ गोल गरेको केनले पानामाविरुद्ध ह्याट्रिक समेत गरे ।

उनी १९८६ विश्वकपमा गेरी लिनेकर (६ गोल) पछि सुनको जुत्ता जित्ने दोस्रो इंग्लिस खेलाडी बनेका छन् ।

फाइनलमा भएको तथ्यः
—पहिलो हाफमा २–१ ले टुंगेको यो विश्वकप १९७४ पछि हो । जसमा जर्मनी हल्यान्डविरुद्ध २–१ ले अग्रतामा थियो ।
—फाइनल खेलमा ६ गोल बर्षेको १९६६ विश्वकपपछि अवसर जुत्यो ।
—यसअघि चार विश्वकप फाइनल (२००२—२०१४) मा भएको गोलसंख्यासँग यो विश्वकपको फाइनलमा आएको गोलसंख्या बराबरी भयो ।
—५१ औं मिनेटमा केही दर्शकले मैदान पसेर खेलमा बाधा तुल्याए ।
—भिडियो एसिस्टेन्ट रेफ्री (भार) फाइनलमा पनि प्रयोग भयो ।
—ग्रिजम्यानको पेनाल्टी गोल यो विश्वकपमा २४ औं हो ।
—मान्डजुकिचको आत्मघाती गोल यो विश्वकपमा १२ औं हो ।
—एम्बाप्पे पेले (१९५८) पछि फाइनलमा गोल गर्ने पहिलो युवा खेलाडी बने ।
—कूल १६९ गोलसंख्या भएको यो विश्वकपमा १९९८ र २०१४ मा भएको १७१ गोलको कीर्तिमान तोड्न २ गोलले पछि प¥यो ।

प्रतिक्रिया दिनुहोस्