विश्वकप फाइनलमा फ्रान्स र क्रोएसिया भिड्दै



नेपाल समाचारपत्र, काठमाडौँ ।
रुसमा जारी विश्वकप फुबटल– २०१८ को उपाधिका लागि फ्रान्स र क्रोएसिया रुसको सेन्ट मस्कोस्थित लुजनिकी रङ्गशालामा अहिले ८ः४५ बजे दुवै टोली विजय लक्ष्यका साथ मैदानमा उत्रिएका छन् ।

उपाधिको दाबेदार मानिएको फ्रान्स दोस्रो पटक विश्वकपको उपाधि जित्ने दाउमा रहेकोछ भने क्रोएसिया उपाधि जित्दै विश्वकपमा नयाँ इतिहास रच्ने दाउमा रहेको छ । क्रोएसिया विश्वकपको फाईनलमा पहिलोपटक पुगेको हो । आजको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।

सेमिफाइनलमा फ्रान्सले बेल्जियलाई १–० ले पराजित गरेको थियो भने क्रोएसियाले इंग्ल्याण्डलाई २–१ गोलको अन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियोे ।

प्रतिक्रिया दिनुहोस्