सडक कार्यालय नै भट्टीमा परिणत, स्थानीय प्रशासन अझै मौन



नेपाल समाचारपत्र, नुवाकोट ।

नुवाकोट जिल्ला प्रशासन कार्यालय नुवाकोटको नजिकै रहेको गल्छी–त्रिशूली–रसुवागढी सडक कार्यालय दैनिक साँझ भट्टीमा परिणत हुँदा पनि स्थानीय प्रशासन मौन छ । उक्त आयोजनाका प्रमुख सुबोध देवकोटाले आयोजनाको कार्यालयलाई भट्टीको रूपमा परिणत गर्ने गरेको पाइएको छ । आर्थिक वर्षको अन्त्यतिर देवकोटाले आफ्ना निकटका सरकारी कर्मचारीलाई बोलाएर कार्यालयमै रक्सी पार्टी गरेको भेटिएको छ ।

जुनियर इन्जिनियर भएर पनि ठूलो परियोजनामा हात हाल्न सफल देवकोटालाई सडकका कर्मचारीहरू नै बिचौलिया भन्छन् । उनी पैसा र सुन्दरी मिलाएर जस्तोसुकै काम पनि गर्दै आएको स्रोतले जानकारी दिएको छ । केही कर्मचारीहरू आउने प्रयास गर्दा उनले मागअनुसारका इच्छा पूरा गरेको कारण ठूलो परियोजना पाएको बुझिएको छ ।

सडकका कर्मचारीहरू नै उनलाई गनाएका बदनाम इन्जिनियर भन्छन्

ठेकेदारसँग पैसा उठाएर खाएको कारण उनले ठेकेदारलाई राम्रोसँग काम नै लगाउन नसकेको स्थानीयले आरोप समेत लागउने गरेका छन् । ठेकदारले जहाँ आफूलाई सजिलो हुन्छ त्यहीँ काम गर्दा देवकोटाले सहमति दिएका छन् । ठेकेदारका अनुसार देवकोटा नाच्दा गल्छीदेखि देवीघाटसम्मको सडक राजमार्ग होइन मृत्युमार्ग जस्तै बन्न थालेको छ ।

पछिल्लो समयमा उनले सडक विभागका महानिर्देशक रवीन्द्र श्रेष्ठ र भौतिक मन्त्रालयका सचिव मधुसुदन अधिकारीको नाम लिएर पैसा उठाउने कामसमेत गरेको पाइएको छ । तर, सचिव अधिकारी यसअघि कहिल्यै भौतिक मन्त्रालयको कर्मचारी नै नभएको पुष्टि भएको छ । देवकोटाले सचिवलाई चिनेको पनि भौतिक सचिव भएपछि मात्र हो । विज्ञापन पत्रिकामा छापेको पैसाको कमिशन पनि सचिवले माग्छन् भनेर देवकोटाले सचिवको बदनाम गरेका छन् ।

ठेकेदारसँग सचिवलाई रक्सी र खर्च दिन पर्यो भनेर देवकोटाले माग्दै आफैँले लिने गरेका छन् । उनले भौतिकमन्त्री रघुवीर महासेठलाई पनि आफैँले पैसा दिनुप¥यो भनेर ठेकेदारसँग थप पैसा मागेको पनि पाइएको छ । तर, देवकोटाले मन्त्री, सचिव र महानिर्देशकको नाममा पैसा उठाएर लुट मच्चाउने काम गरेका छन् । त्यतीमात्र नभई सडकका कर्मचारीहरू नै उनलाई गनाएका बदनाम इन्जिनियर भन्छन् ।

अहिले अन्तराष्ट्रिय नाका जोड्ने गल्छी–देवीघाटजस्तो सडक खेतको गह्रामा परिणत हुँदै गएको छ । उक्त आयोजनामा प्रमुख परिवर्तन नगरेसम्म सो सडक निर्माणले गति लिने सम्भावना छैन ।

प्रतिक्रिया दिनुहोस्