देउडामा रोमान्स



गायक धु्रव बिस्को र गायिका मीना थापाको स्वर रहेको पश्चिमेली देउडा गीत डिट पडिजाउ भेट नहइजाउ भन्नी छिन्न मान्या सार्वजनिक भएको छ।
बिस्कोको यो फरक शैलीको पश्चिमेली देउडा गीतमा उनकै संगीत रहेको छ भने शब्द सञ्जय बिस्कोको रहेको छ। गीतमाथि म्युजिक भिडियोसमेत निर्माण गरिएको छ। यसको निर्देशन शिव विकले गरेका छन् भने ज्ञानेन्द्र शर्माको छायांकन र निशान घिमिरेको सम्पादन रहेको छ। देउडा गीतको यो म्युजिक भिडियोमा पुष्प खड्का र सुक्मित घिसिङको अभिनय तथा नृत्य रहेको छ। भिडियोमा पुष्पल र सुक्मितको रोमान्ससमेत देखाइएको छ।

प्रतिक्रिया दिनुहोस्