फेशन युनाइट्स



कोरियोग्राफर राज फैजुको रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी कम्पनीको आयोजनामा फेसन युनाइट्स फेसन शोको सेकेन्ड एडिसन भएको छ। शुक्रबार राजधानीको त्रिपुरेश्वरस्थित ब्लु–स्टार होटलमा फेसन युनाइट्स फेसन शोको सेकेन्ड एडिसन यंपु फेसन डिजाइनिङ इन्स्टिच्युटकी सानु वज्राचार्यको फेसन डिजाइन संयोजनमा भएको हो।

फेसन युनाइटस्–२ मा २० जना व्यावसायिक नेपाली मोडलहरूले र्याम्पमा बिरालोको चाल मारेका थिए। रीता लिम्बु, निर्मला केसी, सुजिना तण्डुकार, पृथा मूलेपति घिमिरे, रोजी वज्राचार्य, आशिका श्रेष्ठ प्रजापति र यंपु फेसन डिजाइनिङ इन्स्टिच्युटकी फाउन्डर डिजाइनर सानु वज्राचार्यले तयार पारेको ढाकाका कपडाको फेसनेबल पहिरनको अलावा सिल्क, पार्टी वेयर, क्याजुयल, समरलगायतका विभिन्न डिजाइनका पहिरनमा मोडलहरूले मनमोहक क्याटवाकका साथमा फेशन शो गरेका थिए। फेशन शोमा अभिनेतृ शुभेच्छा थापा शो स्टपरका रूपमा प्रस्तुत भएकी थिइन्।

कार्यक्रमको संयोजन श्रीषा बैदार फैंजुले गरेकी थिइन् भने कोरियोग्राफी राज फैंजुले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्